राम नारायण पंडित, कात्तिक १८, सिरहा । सिरहाको मिर्चेयाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित, कात्तिक १८, सिरहा । सिरहाको मिर्चेयाम"/>
2026-09-12 02:58 AM
समाज

मिर्चैयामा कुस्ति प्रतियोगिता सम्पन्न

राम नारायण पंडित, कात्तिक १८, सिरहा । सिरहाको मिर्चेयामा बुधबार कुस्ति प्रतियोगिता सम्पन्न भएको छ । संस्कृतिक समबद्र्धन र खेलकुदको प्रवद्र्धनको गर्ने उदेश्यले लक्ष्मी पुजाको अवसरमा मिर्चैयमा आयोजना गरिएको तीन दिवसीय कुस्ति प्रतियोगिता सम्पन्न भएको छ ।

कुस्ती प्रतियोगितमा छिमेकी मुलुक भारत र नेपालका प्रसिद्ध कुस्तिवाजहरुले कुस्ति लडे्का थिए । कुस्तिमा उत्कृष्ट गरेका भारत चंडीगढ पंजाबका प्रदिप खाना, अध्योध्यका मुनु पहलमान र मध्यप्रदेशका बाबा नायक लगायतका पाँच जना पहलमानहरुलाई आयोजकले दोसल्ला ओढाई सम्मान गरेको लक्ष्मी पुजा मेला समिति मिर्चैया ६ मटियर्बाका सचिब रामप्रित साहले बताए ।

कुस्ति प्रतियोगितामा भारतका अयोध्या, मध्यप्रदेश, कानपुर, गजियाबाद, कुरुक्षेत्र त्यस्तै नेपालका बिभिन्न स्थानका पहलानहरुले कुस्तिको माध्यमले दर्शकहरुलाई मनमोहित गरेका थिए । यसैबिच एक जोडी महिला पहलमानले पनि कुस्तिको माध्यमले दर्शकहरुलाई झुमाएका थिए । प्रतियोगितामा पुरुष तिर मखन सिंह, अरविन्द यादब, मंगल यादब, भिम सिंह, सैतान सिंह, विरजु यादब र  महिला तिर रंजिता र सरिता पहलमानले कुस्ति लडेका थिए । यहि कार्तिक १५ गते नेपाल सरकारका कानुन मन्त्री अजय शंकर नायकले कुस्ति प्रतियोगिताको उदघाटन गरेका थिए । उक्त अबसरमा राष्ट्रपतिका स्बकिय सचिव जिवछ साह र नेकपा माओबादी केन्द्रका नेता जगत यादव लगायतका सहभागिता रहेको थियो । लक्ष्मी पुजाको अबसरमा आयोजना गरिएको तीन दिने कुस्ती प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानका दर्शकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस