प्रेम सुनार । कार्तिक–१९, गुल्मी । स्थानिय निकायको पुनरसंचनाको प्रस्तावित खाकामा गुल्मी जिल्लाका धेरै जसो ऐतिहाँसिक  र प्रशिद्ध स्थानहरुलाई सम्वोधन गरिए पनि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । कार्तिक–१९, गुल्मी । स्थानिय निकायको पुनरसंचनाको प्रस्तावित खाकामा गुल्मी जिल्लाका धेरै जसो ऐतिहाँसिक  र प्रशिद्ध स्थानहरुलाई सम्वोधन गरिए पनि"/>
2026-09-01 08:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

कफिले प्रशिद्ध गुल्मी आँपचौरको पहिचान गुम्ने चिन्ता

प्रेम सुनार । कार्तिक–१९, गुल्मी । स्थानिय निकायको पुनरसंचनाको प्रस्तावित खाकामा गुल्मी जिल्लाका धेरै जसो ऐतिहाँसिक  र प्रशिद्ध स्थानहरुलाई सम्वोधन गरिए पनि अर्को कफि खेतीले थप प्रशिद्ध र गुल्मी जिल्लालाई समेत देश विदेश सम्म चिनाउँदै आएको आँपचौर गाविसलाई सम्वोधन गर्न भने यहाँको राजनैतिक दलहरुले विर्सेको पाईएको छ ।

आँपचौरको आफ्नै नामकरण सहितको निकायका रुपमा सम्वोधन नभएको प्रति त्यहाँका सर्वसाधरणहरु दुखी र चिन्तीत रहेका छन् । वामी नगरपालिका भित्र वा कुनै अर्को गाउँपालिका भित्र भास्सीएर आँपचौरले आफ्नो पहिचान गुमाउन हुँदैन भन्ने पक्षमा त्यहाँका अधिकांस सर्वसधारण रहे पनि त्यहाँका राजनैतिक दलका नेताहरु  भने नामकरण र केन्द्रको प्रवाह नगरी  ईलाका नम्वर ५ को पहिचान खोज्दै यति वेला सदरमुकाम तम्घासमा आन्दोलन गरी रहेका छन् ।

अन्तरराष्ट्रिय जगतमा समेत आँपचौर ओठमा झुण्डीएको बेला कुनै एउटा अर्को स्थानको नाममा आँपचौर सहभागि हुँदा भोलीका दिनमा आँपचौरको नाम निकै कम मात्रमा सम्वोधन हुने निश्चित रहेको छ । जस्तै शान्तिपुरको आफ्नै पहिचान रहेको छ भने चन्द्रकोटको प्रशिद्धि पनि त्यतिकै रहेको छ । त्यस कारणले पनि दुवै पक्षलाई समेटियो । केन्द्रको नाम चन्द्रकोट राखियो, केन्द्र  रहने स्थान शान्तिपुर । जुन निकै स्वागत योग्य छ ।

यस्तो धेरै स्थानमा गरिएको छ । मदाने, मालिका जस्ता स्थानको सम्वोधन हुँदा आँपचौरलाई विर्सन नहुने त्यहाँका धेरै सर्वसाधरणको माग रहेको छ ।  यस वारे ईलाका नम्वर ४ को आफ्नै गाउँपालिका हुनु पर्दछ भनेर आन्दोलनको अगुवाई गरिरहेका आँपचौरका समाजसेवी विन खरेल वोल्न चाहन्न् । उनलाई आँपचौरको पहिचान गुम्ने खतराको चिन्ता भन्दा पनि आफुले राजनीति गरिहेको ईलाका नम्वर ४ को बढि चिन्ता रहेको हो कि भन्ने आरोप   पनि कतिपय विपक्षहरुबाट लाग्ने गरेको  छ । तर खरेलले राजनैतिक भन्दा पनि ऐतिहाँसिक र भावनात्मक सम्वन्धको आधारमा एउटै निकाय भित्र राख्नु पर्ने कुरालाई जोड दिएको बताउँदै आएका छन ।

तर भावनात्मक सम्वन्धकै कुरा गर्ने हो भने ईलाका नम्वर ४ भित्रका गाविसहरुकै जतिको सुमधुर सम्वन्ध त्यो भेगसंग वडागाउँ, पराल्मी, वलिथुम र जुभुङ्गको पनि रहेको छ । यसर्थ पनि पुरानो संरचनाको एउटै निकाय बन्नु पर्छ भन्ने कुरा पुनरसंरचनाको जुन भावना छ त्यसले जनतालाई सम्वोधन गर्न सक्दैन ।

पुनरसंरचना हिजोको संरचनाको आधारमा बनाईने हो भने प्रशासनिक रुपले जुन सास्ती र सौतेलो व्यवहार  खेपेको छ  क्षेत्र नम्वर १ ले  त्यसबाट कदापी मुक्ती पाउन सक्दैन् । त्यो त पार गुल्मीका रुपमा गुल्मीको उपनिवेश जस्तै बनेर थन्कीनु परेको थियो । तत्कालिन अर्घाखाँची सहित गुल्मी रहेको  चेपुवामा परेर उसले राजधानी पुग्न वरु छिटो आफ्नै सदरमुकाम पुग्न ढिलो भएको पिडा खेप्दै आएकोा  सवैलाई जगजाहेरै छ ।

अव ईलाकाको सम्वन्ध र राजनीतिलाई भन्दा पनि धेरै भन्दा धेरैले  पायक पर्ने संरचना बनाउने तिर सवै कस्सीनु पर्ने दायित्ववोध गर्नु पर्ने देखिन्छ ।  यस्तो आधारमा संरचना बनाउने हो भने तुराङ्ग, रुपाकोट, जुभुङ्ग, पराल्मी वलिथुम आँपचौर, वडागाउँ, कुर्घा सम्मको एउटा निकाय बन्न सके ईलाकाको भन्दा पनि सदियौ देखिको वैवाहिक, रहन सहन, वोलि भाषा र सांस्कृतक सवन्ध  रहिरहने अनि पायक पर्ने केन्द्र तोक्न पनि सरल पर्ने देखिन्छ । 

यसर्थ आँपचौर जस्ता प्रशिद्ध स्थानको नामोनिशन मेटाएर कुनै अर्को नामकरण सहितको निकाय बनाउँदा त्यहाँका वासीन्दाको मन दुख्नु स्वभाविक मान्नु पर्छ । विभिन्न दलमा आवद्ध आँपचौरका अगुवा समाज सेवीहरु रुद्र खरेल, रमेशचन्द्र खरेल र राजु खरेल अहिले चलिरहेको आन्दोलनको संघर्ष समितिको सचिवालय भित्र रहेकोले सहमति अनुसार बोल्न चाँहदैनन्  ।

विहान वसेको सचिवालय बैठकमा केन्द्रको नामकरण र रहने स्थानको खिचातानीमा लाग्दा आन्दोलन सफल नहुने सम्भावना बढेको निचोड निकाल्दै  यहि नै हुनु पर्छ भन्ने कुरा कसैले नवोल्ने सहमति भए अनुसार आफुहरु नवोल्ने उनिहरुले बताए ।

उनिहरुले आँपचौरका वारेमा आफुहरुले भन्दा पनि सञ्चारकर्मीहरुले लेख्नु वोल्नु पर्ने कुरामा जोड दिए । आँपचौर कफी खेतिले प्रशिद्ध भए पनि त्यहाँका कैयौ पर्यटकिय र धार्मिक स्थान ओझेलमा परेको गाविस हो  रुद्र खरेलले भने –‘ त्यसका वारेमा हामी अहिले वोल्दैनौ विवेक पुराउने जिम्मा जिल्लामा कार्यदलमा रहेका नेताहरुलाई दिदैछौं । ’

प्रशस्त  खेती योग्य जमिन, त्यहाँका अधिकांस युवाहरु विकासित मुलुकहरुमा रहेर वर्षेनी करोडौं रेमिट्यान्स भित्राउँदै आएको र  जिल्लामा समुदाय एक्लैले एम्वुलेन्स सेवा सहितको अस्पताल समेत चलाउन  सुरु गरेको आँपचौर गाविसवासीले अरुले जस्तै पहिचान र पायक खोज्नु स्वभाविकै हो । जसलाई सम्वोधन  गर्न सक्ने वा नसक्ने आयोगको विधी प्रकृयाको हातमा वा खरेलले भने झै कार्यदलकै नेताहरुको हातमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली