२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मीको १२ वटा स्थानिय निकाय विरुद्ध २४ वटा डेलिगेशन

२० कार्तिक २०७३, शनिबार १४:०६

प्रेम सुनार । कार्तिक–२०, गुल्मी । गुल्मी जिल्लाको स्थानिय निकाय निर्धारण प्राविधिक समितिले  खाका तयार पारेको जिल्लाका कुल १२ वटा स्थानिय निकाय विरुद्ध आज सम्म झण्डै २४ वटा डेलिगेशन टोली आएका छन् ।  

अघि दिउँसो सम्म २१ वटा  डेलिगेशनहरु संग माग पत्र  बुझ्ने काम भई सकेको र अरु थप वाहिर आई पुगेको जानकारी आफुहरुले पाएको निमित्त स्थानिय विकास अधिकारी सरोज पोखरेलले बताए । 

कार्य दलले तयार पारेको  स्थानिय निकायको खाका समाचार प्रकाशित भएको एक हप्ता नवित्दै गाउँ गाउँबाट जनप्रतिनिधीहरु  जिल्लाका नेताहरु संग फोनमा गुनोसो गर्ने क्रम जारी रहेका वेला आन्दोलनको पहिलो झिल्को चार नम्वर ईलाकाले सल्कायो । 

उसले सल्काएको समाचार आए लगत्तै गाउँ गाउँबाट डेलिगेशन आएको छ । आन्दोलनको मैदानमै उत्रेर जिल्ला विकास समितिको गेट अगाडी  ४ नम्वर ईलाकावासीले धर्ना दिएको पनि ३ दिन घाग्यो तर दलका नेताहरुबाट सुनुवाई हुने अत्तोपत्तै छैन् । 

उच्च स्तरिय विवाद समधान समन्यव समितिका एक सदस्यका अनुसार आज पनि आन्दोलनरत पक्षलाई सम्वोधन गर्न सक्ने स्थिती आएन र डेलिगेशन थपिदै जाँदा जटिलता थपिदै गएको छ । डेलिगेशन आउने क्रम जारी छ । १२ का विरुद्ध झण्डै २४ डेलिगेशन त आई सके अव कतै  १२ तिहा ३६ हुने हुन कि भन्ने सम्भावना बढेको छ ।

आजै पुर्कोट तोकिएको केन्द्र पुर्कोटदहमा नपारियोस, खास पुर्कोट भनेको म्यालपोखरीमा हो भन्दै त्यहाँ केन्द्र पार्नु पर्ने माग लिएर ५ वटा गाविसका जनप्रतिनिधीहरु संघ संस्थाका प्रतिनिधीहरु डेलिगेशन आएका थिए । भनभने, पुर्कोटदह सहित त्यस भेगका ७ वटा गाविसको गाउँपालिका कार्यदलले प्रस्ताव गरेको थियो । 

ति मध्ये ५ वटा गाविस म्यालपोखरी, मलागिरी, बाँझकटेरी, सिर्सेनी र अग्लुङ्गका जनप्रतिनिधीहरु म्यालपोखरी नै खास पुर्कोट भएको र भौगोलिक रुपले समेत ७ वटै गाविसका लागि पायक पर्ने केन्द्र भएकोले सोही स्थानमा केन्द्र हुनु पर्ने माग राखेर फर्केका छन् । 

उनिहरुलाई  केन्द्रका  लागि आवस्यक पर्ने जग्गा समेत तय गरेर कार्यदल समक्ष पेश गरेका छन् । उनिहरुलाई पुर्कोटदह र भनभनेले साथ दिने नदिने कुराको निर्णय नदिईए पनि ५ गाविस एकतिर भए पछि पुर्कोटदह सकसमा परेको छ ।

त्यस्तै वामी नगरपालिकामा परेको बडागाउँ  मुसिकोट  र पौदी अमराईले आफुहरु त्यसमा नजाने , बरु डाँडोलाईन नेटा, दर्लिङ्ग र ह्वाङ्गदी संग मिलेर निस्ते भेग गाउँ पालिका बनाउने  प्रस्ताव लिएर डेलिगेशन आएका  छन् । 

निस्तेखेलाको शिर देखि तल पाउँ सम्मको डाँडाको वस्ती पानी पँधेराको सम्वन्ध भएको, निस्तेखोलाकै वगाईमा नागवेली हुँदै ह्वाङ्गदी देखि बडागाउँको दोभान सम्म फैलिएको डाँडा र त्यसका काँखहरु अत्यन्तै मनोरम रहेको, नेपाल एकिकरण ताका ति डाँडाहरु सामरिक महत्वका बनेको बुढापाकाहरु बताउँछन् । 

त्यस्तै  केहि वर्ष अघि सम्म केन्द्र प्रस्ताव गरिएको श्रृखा क्षेत्र नेपाली सेनाको फाईरिङ्ग रेञ्च रहेको, सैनिक क्याप राख्नका लागि नेपाली सेनालाई उपयुक्त स्थानका रुपमा समेत लिईएको र  हाल पाल्पा प्रभासमा रहेको लुम्विनी मेडिकल कलेज त्यसै श्रृंगामा वस्न चाहेको तर स्थानिवासीको विवेक नपुगेर दिन अस्वीकार गरेका थिए । 

श्रृंगाकोा टाप्मा फराकीलो मैदान रहेकोले त्यहाँ विमान स्थालका लागि समेत उपयुक्त स्थान रहेको र जहाँबाट वाग्लुङ्ग, पोखरा सम्मका हिम श्रृंखलाहरुको दृश्यावलोकन गर्ने मनोरम स्थान भएकोले त्यहाँ केन्द्र राख्न त्यस भेगका पाँच वटा गाविसका ५ सय  जना भन्दा बढि जनप्रतिनिधी, संघ संस्था, वुद्धिजीहरुको बैठक वसेर माग गरिएको छ ।

संघर्ष समितिको नेतृत्व पौदीअमराईका समाज सेवी हरिबहादुर थापाले गरेको जनाईएको छ ।  उक्त माग पुरा नगरे संघर्षमा उत्रने चेतावनी समेत दिईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा