२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मीको १२ वटा स्थानिय निकाय विरुद्ध २४ वटा डेलिगेशन

२०७३, २० कार्तिक शनिबार १४:०६

प्रेम सुनार । कार्तिक–२०, गुल्मी । गुल्मी जिल्लाको स्थानिय निकाय निर्धारण प्राविधिक समितिले  खाका तयार पारेको जिल्लाका कुल १२ वटा स्थानिय निकाय विरुद्ध आज सम्म झण्डै २४ वटा डेलिगेशन टोली आएका छन् ।  

अघि दिउँसो सम्म २१ वटा  डेलिगेशनहरु संग माग पत्र  बुझ्ने काम भई सकेको र अरु थप वाहिर आई पुगेको जानकारी आफुहरुले पाएको निमित्त स्थानिय विकास अधिकारी सरोज पोखरेलले बताए । 

कार्य दलले तयार पारेको  स्थानिय निकायको खाका समाचार प्रकाशित भएको एक हप्ता नवित्दै गाउँ गाउँबाट जनप्रतिनिधीहरु  जिल्लाका नेताहरु संग फोनमा गुनोसो गर्ने क्रम जारी रहेका वेला आन्दोलनको पहिलो झिल्को चार नम्वर ईलाकाले सल्कायो । 

उसले सल्काएको समाचार आए लगत्तै गाउँ गाउँबाट डेलिगेशन आएको छ । आन्दोलनको मैदानमै उत्रेर जिल्ला विकास समितिको गेट अगाडी  ४ नम्वर ईलाकावासीले धर्ना दिएको पनि ३ दिन घाग्यो तर दलका नेताहरुबाट सुनुवाई हुने अत्तोपत्तै छैन् । 

उच्च स्तरिय विवाद समधान समन्यव समितिका एक सदस्यका अनुसार आज पनि आन्दोलनरत पक्षलाई सम्वोधन गर्न सक्ने स्थिती आएन र डेलिगेशन थपिदै जाँदा जटिलता थपिदै गएको छ । डेलिगेशन आउने क्रम जारी छ । १२ का विरुद्ध झण्डै २४ डेलिगेशन त आई सके अव कतै  १२ तिहा ३६ हुने हुन कि भन्ने सम्भावना बढेको छ ।

आजै पुर्कोट तोकिएको केन्द्र पुर्कोटदहमा नपारियोस, खास पुर्कोट भनेको म्यालपोखरीमा हो भन्दै त्यहाँ केन्द्र पार्नु पर्ने माग लिएर ५ वटा गाविसका जनप्रतिनिधीहरु संघ संस्थाका प्रतिनिधीहरु डेलिगेशन आएका थिए । भनभने, पुर्कोटदह सहित त्यस भेगका ७ वटा गाविसको गाउँपालिका कार्यदलले प्रस्ताव गरेको थियो । 

ति मध्ये ५ वटा गाविस म्यालपोखरी, मलागिरी, बाँझकटेरी, सिर्सेनी र अग्लुङ्गका जनप्रतिनिधीहरु म्यालपोखरी नै खास पुर्कोट भएको र भौगोलिक रुपले समेत ७ वटै गाविसका लागि पायक पर्ने केन्द्र भएकोले सोही स्थानमा केन्द्र हुनु पर्ने माग राखेर फर्केका छन् । 

उनिहरुलाई  केन्द्रका  लागि आवस्यक पर्ने जग्गा समेत तय गरेर कार्यदल समक्ष पेश गरेका छन् । उनिहरुलाई पुर्कोटदह र भनभनेले साथ दिने नदिने कुराको निर्णय नदिईए पनि ५ गाविस एकतिर भए पछि पुर्कोटदह सकसमा परेको छ ।

त्यस्तै वामी नगरपालिकामा परेको बडागाउँ  मुसिकोट  र पौदी अमराईले आफुहरु त्यसमा नजाने , बरु डाँडोलाईन नेटा, दर्लिङ्ग र ह्वाङ्गदी संग मिलेर निस्ते भेग गाउँ पालिका बनाउने  प्रस्ताव लिएर डेलिगेशन आएका  छन् । 

निस्तेखेलाको शिर देखि तल पाउँ सम्मको डाँडाको वस्ती पानी पँधेराको सम्वन्ध भएको, निस्तेखोलाकै वगाईमा नागवेली हुँदै ह्वाङ्गदी देखि बडागाउँको दोभान सम्म फैलिएको डाँडा र त्यसका काँखहरु अत्यन्तै मनोरम रहेको, नेपाल एकिकरण ताका ति डाँडाहरु सामरिक महत्वका बनेको बुढापाकाहरु बताउँछन् । 

त्यस्तै  केहि वर्ष अघि सम्म केन्द्र प्रस्ताव गरिएको श्रृखा क्षेत्र नेपाली सेनाको फाईरिङ्ग रेञ्च रहेको, सैनिक क्याप राख्नका लागि नेपाली सेनालाई उपयुक्त स्थानका रुपमा समेत लिईएको र  हाल पाल्पा प्रभासमा रहेको लुम्विनी मेडिकल कलेज त्यसै श्रृंगामा वस्न चाहेको तर स्थानिवासीको विवेक नपुगेर दिन अस्वीकार गरेका थिए । 

श्रृंगाकोा टाप्मा फराकीलो मैदान रहेकोले त्यहाँ विमान स्थालका लागि समेत उपयुक्त स्थान रहेको र जहाँबाट वाग्लुङ्ग, पोखरा सम्मका हिम श्रृंखलाहरुको दृश्यावलोकन गर्ने मनोरम स्थान भएकोले त्यहाँ केन्द्र राख्न त्यस भेगका पाँच वटा गाविसका ५ सय  जना भन्दा बढि जनप्रतिनिधी, संघ संस्था, वुद्धिजीहरुको बैठक वसेर माग गरिएको छ ।

संघर्ष समितिको नेतृत्व पौदीअमराईका समाज सेवी हरिबहादुर थापाले गरेको जनाईएको छ ।  उक्त माग पुरा नगरे संघर्षमा उत्रने चेतावनी समेत दिईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ