2026-10-28 01:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मी चारपालामा धार्मिक महोत्सव २०७४ हुने

रामकृष्ण कडेल/कात्तिक २२, गुल्मी । गुल्मी जिल्ला दरबार देबिस्थान गाबिस( ७ स्थित दरबार देबिस्थान तथा अमर अर्बाथोकको शैक्षिक केन्द्र इश्वरी उच्च माबिको शैक्षिक तथा भौतिक सुधार गरि प्रदेश कै नमुना बिद्यालय निर्माण गर्ने उद्देश्य राखी १०८ राष्ट्र शान्ती धार्मिक महोत्सव नेपालका शङ्कल्पकर्ता गोबिन्द शरण महाराजको प्रमुख आतिथ्यतामा इश्वरी उच्च माबी चारपाला दरबारमा आज एक बृहत भेला सम्पन्न गरिएको छ । 

दरबार देबिस्थान र अमर अर्बाथोक बाट उपस्थित उक्त बृहत भेलाले गुल्मी चारपाला इश्वरी शैक्षिक तथा धार्मिक महोत्सव (२०७४ ू गुल्मी दरबार देबिस्थान ७ स्थित इश्वरी उच्च माबिको प्राङ्गणमा आउदो जेठ १५ गतेदेखि जेठ २२ गतेसम्म सन्चालन गर्ने सर्बसम्मत निर्णय गरेको छ ।इश्वरी उच्च माबीमा सम्पन्न कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार थापाको सभापतित्व रहेको थियो उक्त कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिती, शिक्षक अभिभावक सघ, शिक्षक, अबिभावक, बिद्यार्थी, स्थानीय स्वास्थ्य चौकी प्रमुख, प्रहरी चौकी प्रमुख, कृषि सेवा केन्द्र, पशु सेवा केन्द्र, अमर अर्बाथोक गाबिस सचिव, पार्टी प्रतिनिधिहरु समाजसेवी, बुद्धिजिबि लगायतको बाक्लो उपस्थिति रहेको थियो । 

उक्त बृहत भेलाले ५०० भन्दा बढी सदस्य रहेको धार्मिक महोत्सव आयोजक मुल समिती गठन गरेको छ।जुन समितको मार्गदर्शकमा १०८ राष्ट्रशान्ती अभियान्ता गोबिन्द शरण महारज तेसैगरी मुल समितिको निर्देशक हरिप्रसाद कडेल, अध्यक्ष अशोक कुमार थापा, महासचिव हरिबहादुर कार्की र हरिप्रसाद अर्याल, कोषाध्यक्ष जिबलाल पौडेल लगायत रहनुभएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोबिन्द शरण महाराजले आफ्नो सक्रियतामा नेपाल भर यस्ता १०८ वटा धार्मिक महोत्सव गर्ने अभियान रहेको र हालसम्म विभिन्न जिल्लामा गरि ५२ वटा महोत्सव सम्पन्न गरिसकेको भन्दै आफ्नो सक्रियतामा नेपालका ७५ वटै जिल्लामा अन्तरास्ट्रिय मापदण्ड अनुसारका २५ वटा क्याम्पसलाइ मानक बिश्वबिद्धालय बनाउने र ५० वटा क्याम्पसलाइ प्रदेशकै नमुना शैक्षिक सस्था बनाउन आफू देशैभर लागिपरेको बताउनु भएको थियो ।

उक्त भेलामा सोही बिद्यालयका प्रधानाध्यापक हरिबहादुर कार्किले स्वागत मन्तव्य राख्नुभएको थियो भने सोही बिद्यालयका प्राध्यापक तथा शिक्षाप्रेमी ब्याक्तित्व हरिप्रसाद अर्यालले कार्यक्रमको सन्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला