२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा आठ स्थानीय तहको सहमति

२३ कार्तिक २०७३, मंगलवार ०५:३२

कात्तिक २३, सोलुखुम्बु । लामो समयको छलफलपछि सोलुखुम्बु जिल्लालाई आठवटा स्थानीय तह बनाउने सहमति भएको छ । 

सर्वदलीय बैठकको लामो प्रयासपछि साविकको एक नगरपालिका र ३० वटा गाविसलाई एक नगरपालिका र सात वटा गाउँपालिका बनाउने सहमति भएको स्थानीय तह पुनःसंरचना तथा प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

निर्धारित संरचना अनुसार गोली, चौलाखर्क र भकान्जेको चौलाखर्क केन्द्र रहने गरी लिखु गाउँपालिका, गोराखानी, टाप्टिङ, केरुङ र दूधकुण्ड नगरपालिका साविककै सल्लेरी केन्द्र रहने गरी सोलुदूधकुण्ड नगरपालिका, यस्तै नेले, मुक्ली, देउसा, जुबु, लोखिम, कागेल र पञ्चनलाई मुक्ली केन्द्र रहने गरी थुलुङ दूधकोसी गाउँपालिका र सल्यान, नेचा बतासे, नेचाबेतघारी र तिङलालाई सल्यान केन्द्र रहने गरी नेचा सल्यान गाउँपालिका बनाउने सहमति भएको छ । 

यस्तै, बासा, वाकु, काकु र टाक्सीन्दुको बासाखालीमा केन्द्र रहने गरी बासाखाली गाउँपालिका, बुङ, छेस्काम र गुदेलको बुङमा केन्द्र रहने गरी महाकुलुङ गाउँपालिका, सोताङ र पावै सोताङ बजार केन्द्र रहने गरी सोताङ गाउँपालिका र चौरीखर्क, जुभिङ, नाम्चे र खुम्जुङलाई चौरीखर्कमा केन्द्र रहने गरी खुम्बु गाउँपालिका बनाउने सहमति भएको स्थानीय तह पुनःसंरचना तथा प्राविधिक सहयोग समिति सोलुखुम्बुले जनाएको छ । 

सबै आठ स्थानीय निकायमा गरी ३५ वटा वडा रहने पनि तय भएको छ । समितिले सो खाका सोमबार नै राज्य पुनःसंरचना आयोगमा पठाइसकेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य