९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिराहामा झाडापखालाबाट एकको मृत्यु

२४ कार्तिक २०७३, बुधबार १५:४२

कात्तिक २४, लाहान । सिरहाको औरही गाविसमा फैलिएको झाडापखालाका कारण एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा औरही–३ का सात वर्षीय वर्जुन यादव रहेका छन् । केही दिनदेखि फैलिएको झाडापखालाका कारण ३६ जना भन्दा बढी बिरामी परेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका जनस्वास्थ्य निरीक्षक मो इद्रीस राइनले बताउनुभयो । 

झाडापखालाका कारण स्थानीयबासिन्दा धमाधम बिरामी पर्न थालेपछि प्राथमिक स्वास्थ्य केन्द्र औरहीले २४ घन्टे निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मङ्गलबारदेखि सुरु भएको निःशुल्क स्वास्थ्य शिविरमा झाडापखालाबाट सिकिस्त बिन्दीलाल यादव, रिङ्क राम, मो चान्द, रघुवीर दास, रमेश यादव, रतनादेवी यादव, विवेकानन्द कामत, शोभा राम, शुलेखा यादवलगायत ३२ जना उपचारका लागि आएको उपचारमा संलग्न सिनियर अहेव उपेन्द्र यादवले जानकारी दिनुभयो । गाउँमा झाडापखालाका बिरामीको सङ्ख्या बढ्दै गएको दाबी स्थानीयबासिन्दाको छ । 

झाडापखालाबाट बिरामी पर्न थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले आवश्यक औषधिसहित चिकित्सक टोली औरहीमा पठाइएको जनाएको छ । झाडापखाला फैलिएको क्षेत्रमा चिकित्सकको टोली पुगेर बिरामीको उपचार गरिरहेका छन्, जनस्वास्थ्य प्रमुख डा दयाशङ्करलाल कर्णले भन्नुभयो – स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी महाशाखाको टोली आएर बिरामीको दिसा र खानेपानी ट्युबेलको पानी नमुना सङ्कलन गरेर लगेको छ । 

इपिडिमियोलोजी महाशाखाले लगेको दिसाको नमुनामा कोलेराको जीवाणु फेला नपरेको र पानीको जाँच हुन बाँकी रहेको जानकारी आएको प्रमुख डा कर्णले जानकारी दिनुभयो । पानीको नमुना परीक्षण भएपछि मात्रै झाडापखालाको कारण पत्ता लाग्न सक्ने उहाँको भनाइ छ । 

आइतबारदेखि हालसम्ममा औरहीलगायत विभिन्न गाउँका ४३ जना झाडापखालाका बिरामीको उपचार गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । झाडापखलाका कारण गत आइतबार इटारी प्रसाही–२ का राजेन्द्र भण्डारीका चार वर्षीया छोरी गायत्रीको पनि मृत्यु भएको जनस्वास्थ्य निरीक्षक राइनले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो