२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा स्थानिय निकायको सुरुकै खाका सर्वसम्मत भएर पठाईयो

२०७३, २५ कार्तिक बिहीबार ०९:१४

प्रेम सुनार, कार्तिक २५, गुल्मी । गुल्मीको स्थानिय निकायका लागि आ–आफ्नो माग राख्दै आन्दालेन, चक्का जाम, अश्रुग्याँस र ढुङ्गामुढाका वावजुद पनि अन्ततः सुरुमा कार्यदलले जे खाका तयार भएको थियो त्यही नै सर्वसम्मत गराएर आयोगमा आज विहान पठाईएको छ । ४ नम्वर ईलाकामा स्थानिय निकाय बनाउनु बनाउनु पर्छ   भन्दै आन्दोलनकारीको पक्षमा उभिएको नेकपा एमाले अन्तिमा गएर आफ्नो फरक मत सहित कार्यदलले तयार पारेको खाकामा सर्वसम्मत हस्ताक्षर गर्न सहमत भए पछि  यस्तो सहज वातवरण सिर्जना भएको  बैठकमा सहभागि एक नेताले बताए ।

कार्यदलले सुरुमा जो जहाँ राखेको थियो १२ वटा स्थानिय निकाय ति जहाँको त्यही राखेर आज विहान ३ वजे सर्वसम्मत निर्णयमा हस्तक्षर गरी स्थानिय विकास अधिकारी डिलाराम पन्थीलाई बुझाईएको र उनी त्यो लिएर आजै काठमाण्डौ तर्फ लागेको बताईएको छ । वामी केन्द्र रहने गरी यस अघि प्रस्तावित रुद्रवती नगरपालिाकाको ठाउँमा मुसिकोट नगरपालिका बनाईने कुरामा भने आम सहमति बनेको छ । तिन प्रमुख ठुला दल आ–आफ्नो पक्षमा टसकामश नभए पछि ८ साना दल पछिल्लो पटक हावी भएका थिए ।  उनिहरुले गौंडाकोटलाई फालेर राजारुन्खा र खज्र्याङ्गलाई केन्द्र बनाउँदै र ४ नम्वर ईलाकाको माग सम्वोधन गर्न पुलकामुखा केन्द्र तोकेका थिए । त्यसलाई एमालेले समर्थन गरे पनि कांग्रेस र माओवादी केन्द्रले नमाने पछि एमाले सहित  उक्त प्रस्तावलाई ९  दलको फरक मतका रुपमा केन्द्रमा पठाईएको बताईएको छ ।

                आजको कुन गाविस भोलीको कति नम्वर वडा बन्यो ? 

पुर्तिघाट केन्द्र रहेको कालिगण्डकी गाउँपालिकाको ७ वटा साविकका गाविसहरुको एउटा पनि वडा अन्य निकायमा काटिएका छैनन् । पुर्तिघाट वडा नम्वर ४ बनेको छ । पोक्सीङ्ग वडा नम्वर ५ बनेको छ । हर्मीचौर वडा नम्वर १ बनेको छ । जयखानी वडा नम्वर ३ बनेको छ । खड्गकोट वडा नम्वर ६ , अर्वेनी २ र  भुर्तङ्ग वडा नम्वर ७ बनेको छ ।

खैरेनी केन्द्र रहने सत्यवती नगरपालिकाको ७ वटा गाविस मध्ये ठुलोलुम्पेक वटा नम्वर  ७ , ८ र ९ गाभेर वडा नम्वर २ बनेको छ ।  १ देखि  ६ सम्मलाई वडा नम्वर वडा नम्वर ३ बनाईएको छ । जोहाङ्ग वडा नम्वर ६ बनेको छ । जुनियाँ ७, भार्से ८ , हसरा ५ र लिम्घा वडा नम्वर ४ बनेको छ । शान्तिपुर केन्द्र रहने चन्द्रकोट  गाउँपालिकाको शान्तिपुर वडा नम्वर ४ बनेको छ । हरेवा ४ , हर्राचौर ३ , विशुखर्क २ , तुराङ्ग ८ , ग्वाघा ५ , रुपाकोट ७ र दिव्रुङ्ग वडा नम्वर १ बन्ने अवसर पाएको छ ।

मुसिकोट नगरपालिका र वामीटक्सार केन्द्र अन्तर्गत बडागाउँ र वामी गाविसमा दुई दुई वटा वडा बनाईएको छ । वडागाउँ ५, ६ , ७ र ८ जोडे्र नगरपालिकाको वडा नम्वर ३ बनाईएको छ । हालको वडा नम्वर १ देखि ९ सम्मलाई वडा नम्वर ४ बनेको छ । वामीको १ ,२ , ३ , ४ र ९ लाई जोडेर वडा नम्वर ७ बनाईएको छ । वडा नं ४,५,६,७ र ८ लाई जोडेर वडा नं ८ बनाइएको छ । अर्लाङ्गकोट वडा नं ९ बनेको छ । आँपचौर ५, कुर्घा ६, मुसिकोट २, पौंदि अमराई र नेटाको १ र २ लाई मिलाएर वडा नं १ बनाईएको छ । घिउबेसी केन्द्र रहने गरि बनाईएको रुरु गाउँपालिकाको रिमुवा वडा नं ६ बनेको छ । रुरु १, थानापति ३, ग्वादी २, बलेटक्सार ४, बम्घा ५ बनेको छ । भेंडुवा केन्द्र रहने गरि बनाईएको छत्रकोट गाउँपालिका अन्तर्गत हर्दिनेटा वडा नं ३ बनेको छ । हुँगा १, खज्र्याङ्ग ५, पल्लीकोट २, दौंघा ६, दिगाम वडा नं ४ बनेको छ ।

गौंडाकोट केन्द्र रहने गरि गुल्मी दरबार गाउँपालीका अन्र्तगत बिरवार वडा नं ४ बनेको छ । दरबार देविस्थान वडा नं ४, ७, ८ र ९ जोडेर वडा नं ६ बनेको छ । १,२,३,५ र ६ जोडेर वडा नं ७ बनाईएको छ । गौंडाकोट वडा नं ३ बनको छ । अमरअर्वाथोक वडा नं ५, जुभुङ्ग २, र बलिथुम वडा नं १ बनेको छ । रेसुङ्गा नगरपालिका तम्घास केन्द्र रहनेगरि नयाँगाउँको ८ र ९ लाई गाभेर वडा नं ६ बनाईएको छ । त्यस्तै पराल्मीलाई गाभेर वडा नं १४ बनाईएको छ । साविकको १५ लाई घटाएर वडा नं १३ बनाईएको छ । बरबोट केन्द्र रहनेगरि धुर्कोट गाउँपालीका अन्तर्गत वाग्ला लाई वडा नं ७ बनाईएकोे छ । वस्तुलाई ५, धुर्कोट रजस्थललाई ६, जैसीथोक लाई ४, हाडहाडे ३, नयाँगाउँ वडा नं १ देखी ७ सम्म १ र पिपलधारालाई वडा नं २ बनाईएको छ ।

पुर्कोट केन्द्र रहने गरी मदाने गाउँपालिकाको अग्लुङ्ग वडा नं १ बनेको छ । बाँझकटेरी २, भनभने ७, मलायगिरी ५, म्यालपोखरी ४, पुर्कोटदह ६, सिर्सेनी वडा नं ३ बनेको छ । चाँपटारी केन्द्र रहने गरि इस्मा गाउँपालिकामा हस्तिचौरलाई २ भागमा बाँडिएको छ । साविकको हस्तिचौरको वडा नं ५,६,७,८ र ९ लाई गाभेर वडा नं १ बनाईएको छ । हस्तिचौरकै वडा नं १,२,३,४ लाई गाभेर वडा नं २ बनाईएको छ । दलार्मचौर वडा नं ३ बनेको छ । इस्मा रजस्थल वडा नं ५ बनेको छ । दोहली वडा नं ४ बनेको छ । त्यसै गरि अमरपुर वडा नं ६ बनेको छ । अर्खावाङ वडा नं ४ बनेको छ । ह्वाङदी वडा नं ३ बनेको छ । नेटा वडा नं १ बनेको छ । दर्लिङ वडा नं २ वडा बनेको छ । त्यस्तै ठुलीचौर केन्द« रहने गरि मालिका गाउँपालिकाको अर्जे वडा नं ६ बनेको छ । घमिर वडा नं १  ७ बनेको छ । मरभुङ वडा नं १  ८ बनेको छ । त्यस्तै गरि छापहिले वडा नं ५ बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी