२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा दुई दर्जन विद्युत् चोर पक्राउ

२६ कार्तिक २०७३, शुक्रबार ०३:३५

कात्तिक २६, राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले सप्तरीका विभिन्न स्थानबाट विद्युत् चोरीमा संलग्न दुई दर्जन व्यक्तिलाई पक्राउ गरी कारबाही गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सप्तरी र प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले पछिलो पटक जिल्लाको सप्तकोसी नगरपालिकाअन्तर्गत पिपरा–पश्चिम, बलारदह, कमलपुर र मलेठबाट १४ जनालाई विद्युत्को पोलमा हुकिङ गरेर विद्युत् बालेको अवस्थामा पक्राउ गरिएको केन्द्रका प्रमुख रामउद्गार साहले बताउनुभयो । 

त्यस्तै, सप्तरीको पश्चिमी भेगमा पर्ने पत्थरगाडा, बेल्हीचपेना, नर्घो लगायतका गाविसबाट हुकिङ गरी विद्युत् चोरी गरेको अवस्थामा १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेकामाथि विद्युत् चोरी ऐनअन्तर्गत मुद्दा चलाई कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । 

यसअघि विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले तीन महिनासम्म गरेको विद्युत् हुकिङ नियन्त्रण अभियानमा एक सय २३ जनालाई कारबाही गरी करिब रु १९ लाख राजस्व असुली गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने