२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

पहिलो पटक क्षमताको आधरमा रेसुङ्गा क्याम्पस प्रमुखको नियुक्ती

२०७३, २८ कार्तिक आईतवार ११:११

प्रेम सुनार, कात्तिक  २८, गुल्मी । गुल्मी जिल्लाको शैक्षिक धरोहर मानिने रेसुङ्गा वहुमुखी क्याम्पसले पहिलो पटक जेष्ठताको आधारमा बनाईने प्ररम्परा तोडेर कार्यदक्षताको आधारमा क्याम्पस प्रमुख नियुक्ती गरेको छ । 

   त्यो परम्परा तोड्नका लागि क्याम्पस सञ्चालक समितिले कार्तिक ७ गते कार्यपत्र  मार्फत कार्य दक्षता प्रतिष्पर्धा आव्हान गरेको थियो । सोही अनुरुप एक जना पात्र हरिबहादुर केसीले मात्र कार्तिक १२ गते कार्यपत्र पेश गरेका थिए ।

   चार वर्षे कार्यकालमा उनले क्याम्पस सञ्चालनको कार्यपत्र पेश गरे पछि समितिले त्यस उपर मुल्याङन गर्दा योग्य  ठठर गर्दै केसीलाई क्याम्पस प्रमुखमा नियुक्ती गरेको समितिका अध्यक्ष शालिक पन्थीले जानकारी दिए ।  

  त्यसरी प्रतिष्पर्धा गराउँदा त्यस क्याम्पसमा १२ वर्ष अनुभव हाँसिल गरेका १६ ÷ १७ जना उपप्राध्यापक र प्राध्यापकहरुले अवसर पाउने भएकोले पहिलो पटक यो विधीको प्रयोग गरिएको उनको दावि छ । तर यस अघि निमित्त क्याम्पस प्रमुखको कार्यभार सम्हालेका गुणानिधी शर्मा लगायतका असन्तुष्टहरुले भने त्यो विधीलाई टेण्डरको संज्ञा दिदै असन्तुष्टी जाहेर गर्दै आएका छन् ।  यस अघि जेष्ठताको आधारमा क्याम्पस प्रमुख नियुक्ती गरिने बताएका क्याम्पस सञ्चालक समितिका अध्यक्ष पन्थी यसपाली दक्ष क्याम्पस प्रमुख सर्वसम्मत  नियुक्ती गरिएको  दावि गर्दछन् ।

   २०३९ सालमा समुदायले स्थापना गरेको उक्त क्याम्पसको पहिलो क्याम्पस प्रमुख शशी पन्थी थिए । उनले पनि चार वर्षे कार्यकाल पुरा गर्न नसकी विचमै निस्कीनु परेको अध्यक्ष पन्थीले बताए । उनका अनुसार दोश्रो कार्यकाल प्रेमनाथ अर्यालले पनि पुरा गर्न सकेका थिएनन् । तेश्रो कार्यकाल  दिन पन्थी पनि छोटो अवधीमै वाहिरीनु परेको थियो । चौथो कार्याकाल चन्द्रकान्त पन्थीले मात्रै पुरै चार वर्ष क्याम्पस प्रमुख रहन सफल भएका थिए ।

   पाँचौ कार्यकाल ढुण्डीराज पोखरेल डेढ वर्ष नपुग्दै निस्कीनु परेको थियो । श्रोेतका अनुसार  उनको र समितिका अध्यक्ष विच केहि महिना अघि देखि  सम्वन्ध विग्रे पछि पोखरेलले आफुलाई सहयोग नभएको भन्दै धेरै अघि नै राजिनामा दिएर बसेका थिए । 

   १२ वर्ष अवधी पार गरेका गुणानिधी शर्मालाई निमित्त दिएर माछो माछो भ्यागुतो भने जस्तै गराईएको उनि पक्षधरहरुको आरोप रहेको छ ।  छैठौं क्याम्पस प्रमुख नियुक्त भएका केसी यस अघि पनि क्याम्पस प्रमुखको अनुभव संगालेका प्राध्यापक हुन् । 

   उनले २०५२  साल देखि ३ वर्ष सम्म वाग्लुङ्गको वुर्तिवाङ्गमा रहेको जनता क्याम्पसको क्याम्पस प्रमुख भएका थिए । २०५५ साल देखि रेसुङ्गा क्याम्पसमा अध्यापन गराउँदै आएका केसीले एमविए र विल सम्मको अध्यान पुरा गरेका छन् । 

  गुल्मीकै हस्तीचौर २ हर्पुकोटका दुर्गाबहादुर खत्री र माता धनकुमारी  खत्रीको कोखबाट २० सालमा २०२५ साल पौष १४ गते  .जन्मिएका केसीले  आफ्ना्े गाउँको हिमालय उच्च माविमा भने कक्षा ७ सम्म मात्रै अध्यान गरेका थिए । वाग्लुङ्गको ग्वालीचौरमा रहेको भानु उच्च माविबाट एसएलसी दिई उनि उच्च शिक्षा तर्फ लम्कीएका थिए ।  केसी भद्र  र शिष्ट व्यक्तिका रुपमा चिनिन्छन् ।

तस्वीर : नवनियुक्त क्याम्स प्रमुख हरिबहादुर केसी  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए