2026-11-01 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

राङडाँडा गाविस १२औं घरभित्रको धुवाँ मुक्त गाविस घोषणा

जितेन्द्र भण्डारी/मङ्सिर १, पाँचथर । पाँचथरको सराङडाँडा गाविस जिल्लाको १२ औ घरभित्रको धुवाँ मुक्त गाविस घोषणा गरिएको छ । 

गाविसमा रहेका १ हजार २ सय ८४ घरधुरी मध्ये शत प्रतिशतले सुधारिएको चुल्हो निर्माण गरेसँगै मंगलबार आयोजित एक कार्यक्रमका वीच धुवाँ मुक्त गाविस घोषणा गरिएको हो । 

उक्त कार्यक्रममा सोही दिन देखि नै सुधारिएको चुल्होको प्रयोग गर्ने घोषणा समेत गरिएको थियो ।घोषणा कार्यक्रममा वोल्दै जिविस अन्र्तगत वातावरण उर्जा जलवायु परिवर्तन शाखा प्रमुख दिनेश कुमार सिंहले सुधारिएको चुल्हो बाट हुने फाइदाहरु र यसको निरन्तर प्रयोग गर्नुपर्ने वताउनुभयो । 

यस्तै नेपाली काग्रेस जिल्ला सचिव रुपनारायण जवेगु,नेकपा एमालेका जिल्ला सहसचिव धन कुमार फियाक,राप्रपा नेपाल अध्यक्ष घलेन्द्र कुरुम्बाङ,नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य ढकेन्द्र भट्टराई,स्थानिय स्वास्थ्य सहयोग समिती संयोजक नरेन्द्र वस्नेत,महिला विकाश अधिकृत निर्मला मिश्र,गरिवी निवारण कोषका कार्यप्रवन्धक विद्या गौतम लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो । 

गाविस सचिव किशोरचन्द्र आचार्यको अध्यक्षतमा सम्पन्न कार्यक्रमको संचालन गाविस स्तरीय बाल क्लव संजालका अध्यक्ष नविना सम्हाफेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द