प्रेम सुनार । मंसिर –४, गुल्मी । सयौंको संख्यामा प्रहरीबल रहेको गुल्मी जिल्ला प्रहरी कार्यालय भित्र गएराती मदिरा सेवन गरेको एक जना व्यक्ति, त्यो पनि आफ्नै प्रहरी जवानला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । मंसिर –४, गुल्मी । सयौंको संख्यामा प्रहरीबल रहेको गुल्मी जिल्ला प्रहरी कार्यालय भित्र गएराती मदिरा सेवन गरेको एक जना व्यक्ति, त्यो पनि आफ्नै प्रहरी जवानला"/>
२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

एक जना प्रहरीलाई नियन्त्रणमा लिन गुल्मीमा लाठी चार्ज

४ मंसिर २०७३, शनिबार १२:२२

प्रेम सुनार । मंसिर –४, गुल्मी । सयौंको संख्यामा प्रहरीबल रहेको गुल्मी जिल्ला प्रहरी कार्यालय भित्र गएराती मदिरा सेवन गरेको एक जना व्यक्ति, त्यो पनि आफ्नै प्रहरी जवानलाई नियन्त्रणमा लिन लाठी चार्ज गर्नु परेको खवर आज वाहिर आएको छ  । 

डिउटीमा रहेका प्रहरी जवान रामु बिसी मदिरा सेवन गरी नियन्त्रणमा लिन नसकिए पछि उनलाई आफुले ३/४ पटक लाठी डाढमा हिर्काएको त्यस कार्यालयका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादव स्वयमले  स्वीकार गरेका छन् ।  

उनको कुटाईबाट डाडमा राक्ताम्मे डाम लिएर जिल्ला अस्पतालमा भर्ना भएका प्रहरी जवान रामु विसी हिजो वेहोस भएर मरणशन्य अवस्थामा पुगेको र धेरैवेरपछि होसमा आएको कुरुवा वसेकी उनकी श्रीमतिले बताईन् । 

हिजो साँझ ६ वजेर १० देखि मेरो  डिउँटी तोकिएको रहेछ प्रहरी जवान बिसीले भने –‘ मैले दिउँसै देखि रक्सी पिएकोले आज सक्दीँन  कोठामा जान्छु सर भनेर हल्दार सावलाई भनेको थिएँ । गेटमा आई पुग्दा एक्कासी सईसाव आएर एक्कासी हिर्काउन थाल्नु भएको हो ।’

यता  प्रहरी सहायक निरीक्षक यादवको भनाई यतो छ –‘ उ संग मेरो कुनै रिसईवी थिएन् । उसलाई मायाँ गर्थे नविग्रियोस भनेर धेरै पटक सम्झाउँदै पनि आएको थिएँ । त्यही क्रममा उसको हिजो साँझ डिउँडी ६ वजेर १० मिनेट देखि थियो । त्यस बेला पट्रोलमा हिडेको प्रहरीले उसलाई उदिनढुङ्गामा मदिराले चरम मातेको अवस्थामा फेला पार्यो ।

सम्झाएर हिड भन्दा उसले पट्रोलिङ्गमा गएका प्रहरी हवल्दार चम्फ् चौधरी र नन्दनसिंह महरालाई नटेरी अस्लील शव्द प्रयोग गर्दै त्यहाँबाट हिड्यो । ति दुई हवल्दाद्धयले कार्यालयमा रहेका हवल्दार मेजरलाई रिर्पोट गरेछन् । हवल्दार मेजर पदम श्रेष्ठले समातेर राख्नुस् म मोवाईल्स गाडी पठाई दिन्छु भने ।  तर त्यो हुन सकेन । विसी गेटमा आई पुग्यो । गेटमा आएर डिउटीमा बसेका प्रहरी जवानलाई  समेत लाठीले हान्यो  ।

त्यसको रिर्पोट भित्र रहेका हवल्दार मेजर श्रेष्ठ संग गरियो । हवल्दार मेजर श्रेष्ठ सहितका दुई तिन जना भित्रबाट आएर सम्झाउन खोज्दा बिसीले तथानाममा गाली गर्न थाले । त्यस पछि डिउटी अफिसरको डिउँटीमा रहेका प्रहरी सहायक निरीक्षक लालकुमार श्रेष्ठलाई हवल्दार मेजर श्रेष्ठले रिर्पोट गरे ।

बाहिर मोवाईल गस्तीमा रहेको म आफुलाई सईसाव श्रेष्ठले बोलाए पछि म गेटमा आएर सम्झाएर मेडिकल गराउन अस्पताल जाउँ भनेर सम्झाएको हुँ तर उसले  मलाई समेत हातपातको प्रयास गरे पछि नियन्त्रणमा आउँथ्यो कि भनेर ३/४ लाठी ढाडमा हानेकै हुँ ।’

यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावल संग सम्पर्क राख्दा प्रहरी जवान बिसीलाई प्रहरी सहायक निरीक्षक यादवले कुट्नुको साटो थुनेर अर्को दिन कार्वाहीका लागि पेश गर्नु पर्ने बताए । 

‘कुटाई खाने प्रहरी जवान बिसीको ब्यागराउण्ड ठिक छैन् । हिजो उ डिउटीमा रहेको मान्छेले मदिरा सेवन गरेर मात्नु, सिनियरहरुलाई नटेर्नु, गालि गलौज गर्नु र गेटको डिउटीमा रहेको प्रहरी जवानलाई समेत हातपात गर्नु प्रहरी जवान  बिसी कार्वाहीका भागिदार थियो नै तर  नियन्णमा लिएर राख्नुको साटो कुट्ने यदावलाई पनि क्षतिपुर्ति सहितको कार्वाही गरिन्छ’ उसलाई पनि कार्वाही गरिन्छ ’ –प्रहरी प्रमुख रावलले भने ।

उनले थपे जिल्लाभर ९ सय भन्दा बढि प्रहरी छन र  यि मध्ये मदिरा सेवन गरेर अनुशासन भन्दा बहिर जाने अझै पनि १० ÷ २० जना नहोलान भन्न सकिन्न तर उनिहरुलाई कार्वाही गर्ने हो कुटेर तह लगाउनु पर्छ भन्ने सोच्नु हुँदैन् ।

ढाडमा रक्ताम्मे डाम भएर अस्पालको शैयामा लडेका प्रहरी जवान विसीलाई देख्दा कतिपय सर्वसाधरणहरुले आफ्नै मान्छेलाई त प्रहरीले यसरी निर्ममतापुर्वक कुट्छ भने भित्र हिरासतमा रहेकाहरुलाई कवुलियत गर्ने क्रममा कति पिट्दो हो भनेर  प्रतिप्रश्न समेत गरे । अर्घाखाँचीको सिमलपानी ६ घर भएका प्रहरी जवान विसीको जागिर अवधी ९ वर्ष भएको र जिल्ला प्रहरी कार्यालय आएको ३ वर्षमा टेकेको बताईएको छ । उनलाई धेरै पटक मदिरा सेवन गरेर अनुशासनहिन कार्य गरेवापत नैसियत दिईएको । 

पहिलो पटक २०७२ साल बैशाख २७ गते उनको अभिलेखमा जनाईने गरी नैसियत पनि दिईएको । दोश्रो पटक जेष्ठताको आधारमा खाईपाई आएको तलवको सुरु स्केलबाट घटुवा समेत गरिएको प्रहरी श्रोतले जनाएको छ । 

तस्वीरः असई यादवको कुटाईबाट ढाडमा रक्ताम्मेडाम देखाउँदै जिल्ला अस्पतालमा भर्ना भएको प्रहरी जवान बिसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो