2026-09-08 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालबालिकालाई न्यानो कपडा वितरण

मङ्सिर ५, सोलुखुम्बु । सोलुखुम्बुको बिकट गाविस गुदेलमा एकवर्षमुनिका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । 

चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै गाविसभित्र एक वर्षमुनिका ४९ जना बालबालिकालाई मानवअधिकार शान्ति तथा विकास नेपालले वितरण गरेको स्वास्थ्य चौकी गुदेलले जनाएको छ । 

गाविसलाई पूर्ण खोप गाविस घोषणा गरिसकेको अवस्थामा मानवअधिकार शान्ति तथा विकास नेपालको सहायोगले खोप कार्याक्रमलाई पनि थप प्रभावकारी बनाएको स्वास्थ्य चौकीका प्रमुख तथा अहेब रामबहहादुर केसीले बताउनुभयो । 

गुदेलका बालबालिका र महिलाको स्वास्थ्यको क्षेत्रमा निरन्तर सहयोग गर्ने मानवअधिकार शान्ति तथा विकास नेपालका कार्यक्रम संयोजक जाङ्मु शेर्पाले बताउनुभयो । 

त्यस्तै मानवअधिकार शान्ति तथा विकास नेपालका अमेरिकाका प्रतिनिधि कार्ल भन्नुहुन्छ – “हामीले यसअघि पनि बर्थिङ सेन्टरका लागि आवश्यक सामग्री दिएका छौँ । यसपालि कपडा दिएका छाँै । फेरि पनि हामी सहयोग गर्न आउनेछौँ । सहयोग गर्न आउँदा पाएको खुसीले सबै खुसी छौँ । 

यसअघि गुदेल स्वास्थ्य चौकी गुदेललाई सुरक्षित मातृत्व कार्यक्रमका लागि रु छ लाख बराबरको आवश्यक पर्ने विभिन्न उपकरणलगायत आवश्यक सामग्री सहयोगी संस्था मानवअधिकार शान्ति तथा विकास नेपालले सहयोग गरेको थियो । 

सुरक्षित मातृत्व कार्यक्रमका लागि सामग्री आइपुगेको हुँदा अब सुत्केरी गराउनका लागि सदरमुकामसम्म जान नपर्ने स्वास्थ्य चौकी गुदेलले जनाएको छ । सुत्केरी गराउनकै लागि सल्लेरी जाँदा दुईदिनको बाटो हिँड्नु परेकाले धेरै समस्या हुँदै आएकामा अब गुदेलका स्थानीयवासीले गुदेलमा नै सेवा पाउन थालेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल