२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

हालको स्थानिय निकायको दुरी २ घण्टा, अवको आठ घण्टा

२०७३, ७ मंसिर मंगलवार १३:१५

प्रेम सुनार/मङ्सिर ७, गुल्मी । जति सक्दो छोटो दुरीको प्रशासनिक सुविधा जनताले प्राप्त  गरुन भन्ने नीति अनुुसार राज्य पुनरसंरचनाका गरिएको हो । तर गजवको कुरा नेटा गाविसका चार वटा वडाका जनताले हाल सम्म स्थानिय प्रशासन अर्थात गाविसमा आउने दुरी २ घण्टाको थियो तर अव बन्ने गाउँपालिकामा उनिहरु ८ घण्टाको दुरीमा हिडेर पुग्नु पर्ने भएको छ । 

 गुल्मी जिल्लाको स्थानिय निकाय निर्धारण प्राविधिक सहोग समितिले नेटा गाविसका सवै वडाहरुलाई मालिका गाउँपालिकामा गाभेर अर्खवाङ्ग केन्द्र तोक्दै आयोगमा सिफारिस पठाए पछि  त्यस गाविसको वडा नम्वर १ , २ , ३ र  ४ का जनतालाई  हालको सदरमुकामको दुरी भन्दा पनि अव बन्ने सदरमुकामको दुरी दुई घण्टा बढि हुने भएको हो । 

ति वडाहरु वाग्लुङ्ग सिमना पर्ने बढिघाट खोला किनारमा पर्दछन् । तल्ला भर्माचौर, सानीचौर , वगाह, अर्गोती , सिम्ले  लगायतका गाउँ हाल कै नेटा गाविसको विकट गाउँवासी रहेका छन् । उनिहरु त्यहाँबाट सदरमुकाम तम्घास आउन ६ घण्टा हिडेर आउनु पर्छ । तर अव हालको नेटा गाविस कार्यालय सम्म दुई घण्टा हिडेर आउने छन् र त्यहाँबाट अव बन्ने मालिका गाउँपालिकाको कार्यालय अर्खवाङ्गको ठुलाचौर ६ घण्टामा पुग्नेछन् । नेटाका पुराना समाज सेवी रामराजप्रसाद घिमिरेले प्राविधिक समितिले गृह कार्य गरे देखि नै हामी  वर्षऔं अघि देखि ठगिदै आएका  र अव बन्ने स्थानिय निकाय पायक पर्ने स्थानमा राखी दिन  आग्रह गर्दै आएको बताए । 

 त्यहाँका करिव २५ सयको संख्यामा रहेका जनता अहिलेको गाविसको दुरी भन्दा पनि ६ घण्टाको दुरीमा पुग्नु पर्ने अवस्था आए पछि अव आन्दोलन नगर्नुको कुनै विकल्प नभएको र सर्वोच्च अदालत सम्म धाउन आफुहरु बाध्य हुनु पर्ने स्थानिय राजनैतिक दल र शिक्षक वुद्धिजिवीहरुले बताएका छन् । उता अन्य स्थानिय निकायको केन्द्रमा जाँदा नेटावासीले जति कै सास्ती खेप्नु परेको भन्दै रुपाकोट, तुराङ्ग, आँपचौर, यता वलिथुम र जुभुङ्गका वासीन्दा पनि छुट्टै स्थानिय निकायको माग गर्दै  झण्डै दुई महिना देखि आन्दोलनमा छन् । जिल्लामा दुई हप्ता जति आन्दोलन  गरेका उनिहरुले जिविस धर्ना , चक्का जाम , नारावाजी गरेर पनि सुनुवाई नभए पछि उनिहरुले केन्द्रिय आयोगमा उजुरी देखि  त्यहीबाटै तेश्रो चरणको आन्दोलनको शंखघोष गरेका छन् ।  उनिहरु सहित गुल्मीका विभिन्न स्थानका जनताहरु केन्द्रमै पुगेर निवेदन दिए पछि  जिल्ला विकास समितिमा यस अँस्ती पठाईएको स्थानिय निकायको खाका फिर्ता पठाईएको जनाईएको छ । रेसुङ्गा नगरपालिका भित्रका केहि वडाहरुमा मापदण्ड अनुसारको जनसंख्या नपुगेको र केहि स्थानबाट विवाद आएको भन्दै तिन दिन भित्र हेरफेर गरेर पठाउन भन्दै अयोगले पत्र पठाएको जिविसका कार्यक्रम अधिकृत विनोद मरासीनीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ