2026-09-01 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

तराईबाट पाहड छुट्टाउन पाईदैन भन्दै गुल्मीमा आन्दोलन सुरु

प्रेम सुनार/मङ्सिर ७, गुल्मी ।  सरकारले संविधान संशोधन गरेर गुल्मी, अर्घाखाँची र पाल्पालाई  तराईका जिल्लाबाट छुटाएर    पाहडी जिल्लामै गाभ्ने लगायतका विषयहरु संसदमा प्रस्ताव लैजाने तयारी गरी रहेका बेला गुल्मी जिल्लामा  त्यसको विरोध गर्दै आज देखि आन्दोलन सुरु गरिएको छ । 

 यस अघि वाँडफाँड गरिएको प्रदेशको सिमाङ्गनमा गुल्मी, अर्घाखाँची र पाल्पा तराईका जिल्ला नवलपरासी, रुपन्देशी कपिलवस्तु लगायतका तराईका जिल्ला सहित ५ नम्वर प्रदेशमा परेका थिए । अहिले गुल्मी ,अर्घाखाँची र पाल्पालाई त्यसबाट झिकेर ४ नम्वर प्रदेश पोखरामा गाभ्ने सरकारले तयारी गरी रहेको बताईएको छ । 

  केन्द्रमा त्यसको विरोध नेकपा एमालले गरी रहेको छ । यहाँ पनि आज सुरु भएको आन्दोलनको अगुवाई नेकपा एमालेले गरी रहेको विरोध सभाको दृश्यले देखाएको छ । आन्दोलनमा कांग्रेस लगायत विभिन्न राजनैतिक दल निकट उद्योगी व्यवसाीहरु पनि देखिएका छन् ।

   तर नेकपा एमालेका नेता कार्यकर्ताको सहभागिता वाक्लो रहेको र  संमन्व्य प िउसैको देखिएको छ । तम्घासको लाँकुरी मञ्चबाट  हिमाल पहाड तराई कोहि छैन् पराई जस्ता नारा लगाउँदै निस्केको विरोध जुलुस पुन लाँकुरी मञ्चमा आई कोण सभामा परिणत भएको थियो ।

    कोणसभालाई विभिन्न नेताहरुले सम्वोधन गर्दै सरकारले ल्याउन लागिएको संविधान संशोधनको प्रस्तावको घोर विरोध गर्दै गुल्मी , अर्घाखाँची  र पाल्पालाई तराईका जिल्लाकाट छुट्टाई जस्तो सुकै मुल्य पनि चुकाउन तयार रहेको चेतावनी सरकारलाई दिएका थिए । संविधान संशोधन गरी तराईवासीको माग र आन्दोलनलाई सम्वोधन गर्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहमत भए पनि नेकपा एमाले केन्द्रमा सहमत देखिएको छैन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली