४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

विश्व हिन्दू परिषदद्वारा सम्मान कार्यक्रम सम्पन्न

१२ मंसिर २०७३, आईतवार ११:४३

राकेश साह, मंसिर १२, वीरगंज । डलरको खेती गर्ने आईएनजीओ र केही तुच्छ मानसिकता बोकेका नेताहरुको कारण नेपाल धर्म निरपेक्ष राष्ट्र भएको ग्राम उत्थान फाउण्डेसन अफ ईन्डियाका केन्द्रिय अध्यक्ष ईन्द्रमोहन अग्रवालले आरोप लगाए। विश्व हिन्दू परिषद नेपाल पर्सा शाखाले आज वीरगंजमा आयोजना गरेको बिशेष बैठक तथा सम्मान कार्यक्रममा बोल्दै अग्रवालले आफनो व्यक्तिगत स्वार्थ पुरा गर्न नेताहरुले नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेको बताए । अग्रावलले अहिले नेपालमा रहेका हिन्दूहरु माथी ठुलो षडयन्त्र भईरहेको बताउदै पहाडमा गाँउ का गाँउ क्रिश्यचन धर्म अपनाउन थालेका तथा देशका अन्य भागमा पनि लभ जिहादका नाममा हिन्दू धर्मका महिलाहरुलाई अन्य धर्ममा धर्मानन्तर गरिरहेको बताए । अग्रावले देशको यहि अवस्था रहयो भने २० बर्षमा नेपालबाट हिन्दू  धर्म लोप हुने सम्भावना समेत रहेको बताए  । 

विश्व हिन्दू परिषदका पर्सा अध्यक्ष पंडित पुरुषोत्तम दुवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी ग्राम उत्थान फाउण्डेसन अफ ईन्डियाका केन्द्रिय अध्यक्ष ईन्द्रमोहन अग्रवाल, विशिष्ट अतिथी बरिष्ठ समाजसेवी रक्सौल भारतका महेश अग्रवाल, विश्व हिन्दू परिषदका नेपाल प्रभारी स्नेहपाल सिंह, समाजसेवी महेश मोदी, अतिथीहरु उद्योग वाणिज्य संघ वीरगंजका पुर्व अध्यक्ष ओमप्रकास सिकारीया,

 विश्व हिन्दू परिषदका केन्द्रिय सदस्य माधवराज पाल,  जनजाती कल्याण परिषदका राष्ट्रिय अध्यक्ष रामचन्द्र सर्राफ,विश्व हिन्दु परिषद पर्साका उपाध्यक्ष भुपेन्द्र पौडेल, सचिव विनोद चौरसिया, कोषाध्यक्ष पवन वर्णवाल,सह सचिव संदिप हरलालका , नगर संयोजक दिपक सर्राफ, विश्व हिन्दू परिषदका बारा प्रतिनिधी बाबा भारती, रौतहट प्रतिनिधी शंकर साह,प्रेस सल्लाहकार राकेश कुमार साह गोंड, सदस्यहरु रामेश्वर प्रसाद गुप्ता, संजय कुमार सर्राफ,कृष्ण कुमार चौरसिया, प्रेम कुशवाहा, मुर्ली सामुदायिक सेवा केन्द्रका पुर्व अध्यष सुरेश साह कानु, हिन्दू स्वयं सेवक पर्सा जिल्ला प्रभारी रंजित साह, विश्व हिन्दू परिषदका महिला कार्यकर्ताहरु सरोज देवी, पुनम देवी, गोमा उपाध्याय लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथी ईन्द्रमोहन अग्रवाललाई प्रशंसा पत्र सहित विश्व परिषद पर्साका अध्यक्ष पं पुरुषोत्तम दुवे ,बरिषठ समाजसेवी महेश अग्रवाललाई उपाध्यक्ष भुपेन्द्र पौडेल,तथा अन्य अतिथीहरुलाई संस्थाका पदाधिकारीहरुले फुलमाला लगाई सम्मान गरेका थिए । 

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सचिव बिनोद चौरसियाले गरेका थिए भने कार्यक्रमको सहजीकरण विश्व हिन्दू परिषदका नारायणी अंचल संयोजक विनय यादवले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी ओमानका कप्तान अकिब ल्यास विराटनगर किङ्सबाट एनपीएल खेल्ने अन्तर्राष्ट्रिय फुटबलमा मेसीको अर्को नयाँ कीर्तिमान एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड सोमपाल नायक बन्दा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ