१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

नातिनातिनीको जन्मदर्ता नहुँदा चिन्ता

१७ मंसिर २०७३, शुक्रबार ०३:३८

धनवीर महतो/मङ्सिर १७, महोत्तरी । महोत्तरी खयरमारा–५ की ५५ वर्षीया सुकमाया अछामेलाई आफ्ना नाबालिक नातिनातिनीको भविष्यको चिन्ताले सताएको छ ।

करिब ५ वर्षदेखि छोराछोरी लिएर माइतीको सहारामा बस्दै आएकी ३५ वर्षीया छोरी रेणुका मगरातीसँग नागरिकता, विवाह दर्ता नभएको कारण उनका तीन नाति तथा एक नातिनीको जन्मदर्ता बन्न सकेको छैन । यसका कारण ती अबोध बालबालिकाको शिक्षादीक्षालगायत अन्य प्रशासनिक कामकाज गराउन कठिनाइ भएको ५५ वर्षीया सुकमायाले बताइन् । 

विसं २०५९ मा सर्लाही बरहथवाका राजन मगरातीसँग सामाजिक परम्पराअनुसार छोरी रेणुकाको विवाह सम्पन्न भएको थियो । करिब ५ वर्षअगाडि ज्वाइँको मृत्यु भएपछि ३५ वर्षीया छोरी रेणुका मगरातीसहित बालबालिकाको भरणपोषण जिम्मेवारी आफूमाथि थपिएको उनले बताइन् । सुकमायाले १२ वर्षीया नातिनी एलिसा मगराती, १० वर्षीय जुम्ल्याहा नाति अनिश र मनिष तथा ४ वर्षीय नाति धनिशको पालनपोषण गर्दै आएकी छिन् । 

एलिसा कक्षा ४ मा अध्ययनरत छिन् भने अनिश र मनिष कक्षा ३ मा स्थानीय सामुदायिक बिद्यालय मित्रता प्राविमा पढ्दै आएका छन् । उनीहरुको जन्मदर्ता नभएका कारण विद्यालयले बारम्बार ताकेता गर्दै आएको छ । छोरीको विवाह दर्ता, नागरिकता नभएको तथा ज्वाइँको समेत नागरिकता नभएका कारण उनीहरुको जन्मदर्ता बनाउन समस्या भएको गाविसको कार्यालयले आफूलाई जवाफ दिँदा झनै निराश बनेकी उनले गुनासो पोखिन् । 

ज्वाइँको मृत्यु भएपश्चात् घर पक्षकाले खासैरुपमा चासो नदेखाएपछि छोरी रेणुकाले ती नातिनातिनीलाई आफ्नो जिम्मामा सुम्पेर पैसा कमाउन भारततर्फ लागेकी सुकमायाले बताइन् । माइतीको सहारामा छोराछोरीको भरणपोषण एवम् आर्थिक सहायता गर्नका लागि समयसमयमा भारतबाट छोरीले भने पैसा पठाउँदै आएको जसका कारण आफुले नातिनातिनीलाई सरकारी विद्यालयमै भए तापनि शिक्षादीक्षा दिलाउनमा सफल भएकी उनले जानकारी दिइन् । 

स्थानीयवासीको रोहवरमा शिक्षक, अभिभावक सङ्घले सिफारिस गर्दा उनीहरुलाई विद्यालयमा भर्ना गराई अध्यापन गराउँदै आएको सो विद्यालयकी प्रधानाध्यापिका कल्पना देवकोटाले बताउनुभयो । उच्च शिक्षा अध्ययन गर्नका लागि जन्मदर्ता अत्यन्त आवश्यक भएकाले उनका अभिभावकलाई विद्यालयले भने बारम्बार ताकेता गर्दै आएको प्रधानाध्यापिका देवकोटाले स्वीकार गर्नुभयो । सो विद्यालयमा १४ जनाभन्दा बढी यस्ता विद्यार्थी अध्ययनरत रहेको मित्रता प्रावि, खयरमाराले जनाएको छ । 

यस सम्बन्धमा गौशाला स्रोतकेन्द्रका स्रोतव्यक्ति दीपक बरालका अनुसार सरकारी विद्यालयमा कक्षा ५ सम्ममा यस्ता विद्यार्थीको जन्मदर्ता बेगर नै विद्यालयमा नामदर्ता हुने प्रावधान रहेको छ । अभिभावकले कुनै उपाय अपनाई त्यस्ता विद्यार्थीको जन्मदर्ताको व्यवस्था गर्नका लागि छुट दिएकाले सो अवधिभित्रमा जसरी पनि विद्यालयमा जन्मदर्ता पेस गरिनु अतिआवश्यक रहेको स्रोतव्यक्ति बरालको भनाइ रहेको छ । 

खयरामारा गाविसमा भने यस्ता विद्यार्थीको तथ्याङ्क नरहेको सामाजिक परिचालिका मनिषा श्रेष्ठले बताउनुभयो । अब यस्ता तथ्याङ्क पनि चाँडै नै सङ्कलन गरिने परिचालिका श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो । 

गाविसभित्र जन्मेको कुनै पनि बालबालिकालाई ३५ दिनभित्र जन्मदर्ता गराउन आउँदा नागरिकताको आवश्यकता नपर्ने गाविसका सचिव जीवनहरि पोखरेलले खुलासा गर्नुभयो । सुकमायाको हकमा भन्नुपर्दा उनीहरुको नातिनातिनीको जन्म खयरमाराभन्दा बाहिर भएकाले जन्मदर्ता बनाउन भने मुस्किल नै रहेको सचिव पोखरेलले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु