2026-09-12 03:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

नातिनातिनीको जन्मदर्ता नहुँदा चिन्ता

धनवीर महतो/मङ्सिर १७, महोत्तरी । महोत्तरी खयरमारा–५ की ५५ वर्षीया सुकमाया अछामेलाई आफ्ना नाबालिक नातिनातिनीको भविष्यको चिन्ताले सताएको छ ।

करिब ५ वर्षदेखि छोराछोरी लिएर माइतीको सहारामा बस्दै आएकी ३५ वर्षीया छोरी रेणुका मगरातीसँग नागरिकता, विवाह दर्ता नभएको कारण उनका तीन नाति तथा एक नातिनीको जन्मदर्ता बन्न सकेको छैन । यसका कारण ती अबोध बालबालिकाको शिक्षादीक्षालगायत अन्य प्रशासनिक कामकाज गराउन कठिनाइ भएको ५५ वर्षीया सुकमायाले बताइन् । 

विसं २०५९ मा सर्लाही बरहथवाका राजन मगरातीसँग सामाजिक परम्पराअनुसार छोरी रेणुकाको विवाह सम्पन्न भएको थियो । करिब ५ वर्षअगाडि ज्वाइँको मृत्यु भएपछि ३५ वर्षीया छोरी रेणुका मगरातीसहित बालबालिकाको भरणपोषण जिम्मेवारी आफूमाथि थपिएको उनले बताइन् । सुकमायाले १२ वर्षीया नातिनी एलिसा मगराती, १० वर्षीय जुम्ल्याहा नाति अनिश र मनिष तथा ४ वर्षीय नाति धनिशको पालनपोषण गर्दै आएकी छिन् । 

एलिसा कक्षा ४ मा अध्ययनरत छिन् भने अनिश र मनिष कक्षा ३ मा स्थानीय सामुदायिक बिद्यालय मित्रता प्राविमा पढ्दै आएका छन् । उनीहरुको जन्मदर्ता नभएका कारण विद्यालयले बारम्बार ताकेता गर्दै आएको छ । छोरीको विवाह दर्ता, नागरिकता नभएको तथा ज्वाइँको समेत नागरिकता नभएका कारण उनीहरुको जन्मदर्ता बनाउन समस्या भएको गाविसको कार्यालयले आफूलाई जवाफ दिँदा झनै निराश बनेकी उनले गुनासो पोखिन् । 

ज्वाइँको मृत्यु भएपश्चात् घर पक्षकाले खासैरुपमा चासो नदेखाएपछि छोरी रेणुकाले ती नातिनातिनीलाई आफ्नो जिम्मामा सुम्पेर पैसा कमाउन भारततर्फ लागेकी सुकमायाले बताइन् । माइतीको सहारामा छोराछोरीको भरणपोषण एवम् आर्थिक सहायता गर्नका लागि समयसमयमा भारतबाट छोरीले भने पैसा पठाउँदै आएको जसका कारण आफुले नातिनातिनीलाई सरकारी विद्यालयमै भए तापनि शिक्षादीक्षा दिलाउनमा सफल भएकी उनले जानकारी दिइन् । 

स्थानीयवासीको रोहवरमा शिक्षक, अभिभावक सङ्घले सिफारिस गर्दा उनीहरुलाई विद्यालयमा भर्ना गराई अध्यापन गराउँदै आएको सो विद्यालयकी प्रधानाध्यापिका कल्पना देवकोटाले बताउनुभयो । उच्च शिक्षा अध्ययन गर्नका लागि जन्मदर्ता अत्यन्त आवश्यक भएकाले उनका अभिभावकलाई विद्यालयले भने बारम्बार ताकेता गर्दै आएको प्रधानाध्यापिका देवकोटाले स्वीकार गर्नुभयो । सो विद्यालयमा १४ जनाभन्दा बढी यस्ता विद्यार्थी अध्ययनरत रहेको मित्रता प्रावि, खयरमाराले जनाएको छ । 

यस सम्बन्धमा गौशाला स्रोतकेन्द्रका स्रोतव्यक्ति दीपक बरालका अनुसार सरकारी विद्यालयमा कक्षा ५ सम्ममा यस्ता विद्यार्थीको जन्मदर्ता बेगर नै विद्यालयमा नामदर्ता हुने प्रावधान रहेको छ । अभिभावकले कुनै उपाय अपनाई त्यस्ता विद्यार्थीको जन्मदर्ताको व्यवस्था गर्नका लागि छुट दिएकाले सो अवधिभित्रमा जसरी पनि विद्यालयमा जन्मदर्ता पेस गरिनु अतिआवश्यक रहेको स्रोतव्यक्ति बरालको भनाइ रहेको छ । 

खयरामारा गाविसमा भने यस्ता विद्यार्थीको तथ्याङ्क नरहेको सामाजिक परिचालिका मनिषा श्रेष्ठले बताउनुभयो । अब यस्ता तथ्याङ्क पनि चाँडै नै सङ्कलन गरिने परिचालिका श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो । 

गाविसभित्र जन्मेको कुनै पनि बालबालिकालाई ३५ दिनभित्र जन्मदर्ता गराउन आउँदा नागरिकताको आवश्यकता नपर्ने गाविसका सचिव जीवनहरि पोखरेलले खुलासा गर्नुभयो । सुकमायाको हकमा भन्नुपर्दा उनीहरुको नातिनातिनीको जन्म खयरमाराभन्दा बाहिर भएकाले जन्मदर्ता बनाउन भने मुस्किल नै रहेको सचिव पोखरेलले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस