Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अपहरणको आरोप लागेका पाँचजनालाई कैद

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १७, वीरगन्ज । जिल्ला अदालत पर्साले बिहीबार अपहरणको आरोप लागेका प्रहरी जवानसहित पाँचजनालाई दोषी ठहर गरी नौवर्ष कैद तथा जनही रु पाँच लाख ५० हजार जरिवाना गरिएको छ ।

पर्सा जिल्ला अदालतका आठ नं बेन्चका न्यायाधीश राजेन्द्र नेपालको इजलासले यस्तो फैसला गरेको हो । वीरगन्ज उपमहानगरपालिका–१९ नगवा बस्ने राजेशकुमार साहलाई अपहरण गरी रु चार लाख फिरौती लिएको कसुरमा उनीहरुलाई यस्तो सजाय गरिएको हो ।

पर्सा प्रहरीले २०७२ चैत २३ गते प्रहरी शाखामा कार्यरत अरविन्दकुमार सिंह र प्रहरी हवल्दार विनय सिंहले वीरगन्जका सुन व्यापारी राजेश साहलाई नियन्त्रणमा लिई एउटा होटलमा राखी फिरौती रकम असुल गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

यसैगरी, अदालतले हरपतगन्ज–८ का भगवान सिंह र चोर्ली–२ का दीपकसिंह राजपुत, सर्लाही अर्नाहा–५ का प्रहरी जवान अरविन्द सिंह, वीरगन्ज उपमहानगरपालिका–१८ का वृजेशकुमार सिंह, तथा सर्लाही धनुराका प्रहरी जवान विनय सिंहलाई अपहरण मुद्दामा सातवर्ष कैद र सङ्गठित अपराधविरुद्ध गरी नौवर्ष कैद सजाय सुनाएको छ । अभियुक्तलाई हाल वीरगन्ज कारागारमा राखिएको छ । रासस