मंसिर १७, रौतहट । मैसमी पुर्व तयारी सम्बन्धी बैठक सम्पन्न भएको छ । अक्सफाम र ग्रामिण विकास केन्द्र (RDC) नेपालको सहकार्य र जिल्ला प्रशासन कार्यालय, रौतहटको आयोजन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १७, रौतहट । मैसमी पुर्व तयारी सम्बन्धी बैठक सम्पन्न भएको छ । अक्सफाम र ग्रामिण विकास केन्द्र (RDC) नेपालको सहकार्य र जिल्ला प्रशासन कार्यालय, रौतहटको आयोजन"/>
2026-11-02 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

शीतलहर पूर्वतयारी सम्बन्धी बैठक सम्पन्न

मंसिर १७, रौतहट । मैसमी पुर्व तयारी सम्बन्धी बैठक सम्पन्न भएको छ । अक्सफाम र ग्रामिण विकास केन्द्र (RDC) नेपालको सहकार्य र जिल्ला प्रशासन कार्यालय, रौतहटको आयोजनामा शीत-लहर पूर्वतयारी सम्बन्धी बैठक सम्पन्न भएको छ । बैठक प्रमुख जिल्ला अधिकारी नरहरि वरालको अध्यक्षा तथा स्थानीय विकास अधिकारी उमेश बस्नेतको आतिथ्यमा बैठक सम्पन्न भएको छ ।  

जाडो यामको समयमा खासगरी तराईका जिल्लाहरुमा चिसो तथा शीत लहरबाट मानिसहरुको असावधानीको कारणबाट हरेक वर्ष श्वास प्रश्वास, रुघाखोकी, निमोनिया जस्ता स्वास्थ्य सम्बन्धी समस्याबाट धेरै मानिसहरु विरामी पर्ने र केही ब्यक्तिको मृत्यु समेत हुने गरेको छ । पशु पञ्छी, अन्नबालीमा समेत प्रतिकुल प्रभाव परी धेरै मात्रामा नोक्सान हुने गरेको छ । यस वर्ष पनि जाडो यामको समय शुरु हुन लागेको छ । विगतका वर्षमा मौषमको प्रतिकुलता र वातावरणमा आउने परिवर्तनबाट शीतलहर –Cold Wave_ चल्न र यसबाट विशेष गरी तराईको जनजीवन तथा प्रभावित जिल्लाहरुमा अस्थायी अवास भएका परिवारहरु, अति गरीव, वृद्धवृद्धा तथा वालवालिकाहरुलाई प्रत्यक्ष प्रभाव पर्न सक्ने हुँदा उक्त जोखमलाई न्यूनीकरण गर्न आवश्यक स्रोत र साधनको पूर्व प्रवन्ध तयार गर्न, सचेतना अभिवृद्धि गर्न एवं शीतलहरबाट प्रभावित परिवारलाई पुरयाउने उद्दार तथा राहतको कार्यलाई ब्यवस्थित र प्रभावकारी बनाउनको लागि जिल्ला दैवी प्रकोप उद्दार समिति, जिल्ला प्रशासन कार्यालय, स्थानीय निकायहरु, विभिन्न राजनीतिक पार्टी प्रतिनिधिहरुको उपस्थितिमा उक्त बैठक सम्पन्न भएको छ ।

साथै शीतलहरबाट प्रभावित परिवारहरुको उद्दार तथा राहतको लागि RDC नेपालसँग रु. १,२००,००। आपत्कालीन कोष, ५० थान कम्बल तथा ५० थान त्रिपाल र नेपाल रेडक्रस सोसाईटीसँग ५० थान कम्बल र यूनिसेफसँग वालवालिका कीट्, किशोरी कीट रहेको जानकारी RDC नेपालको विपद् जोखिम ब्यवस्थापन मानवीय पूर्वतयारी परियोजनाका कार्यक्रम संयोजक विजय साह वनियाले जानकारी दिनु भएको छ । कार्यक्रममा पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष शैलेन्द्र गुप्ता तथा विभिन्न सरकार, गैर सरकारी संघ संस्थाको प्रतिनिधि तथा  सरोकारवालाहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द