१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा जबर्जस्ती बालविवाह गर्न लागिएका जोडीको उद्धार

१८ मंसिर २०७३, शनिबार ०३:४२

मङ्सिर १८, महोत्तरी । यहाँको समाजले जबर्जस्ती बालविवाह गराउन खोज्ने काम शुक्रबार रोकेको छ । 

महोत्तरीको फुलकाहाबाट उद्धार गरिएको छ । फुलकाहा गाविस–९ जमुनियाका लक्ष्मण चौधरीका घरमा राखिएकी १४ वर्षीया आरतीकुमारी चौधरीलाई शुक्रबार साँझ प्रहरीको रोहबरमा उद्धार गरिएको हो । उद्धार गरिएका जोडी अहिले इलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा छ ।घटनामा संलग्न अन्य व्यक्तिको सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो । 

बाल संरक्षण तथा प्रवद्र्धन समिति भरतपुर, सामुदायिक परिवार कल्याण समाज महोत्तरी र प्रहरी तथा पत्रकार सम्मिलित एक टोलीले लक्ष्मणका घरमा राखिँदै आएकी उक्त किशोरीलाई उद्धार गर्न सफल भएको हो । लक्ष्मणका १६ वर्षीय छोरा कृष्णसँग प्रेम सम्बन्ध रहेको जनाउँदै जबर्जस्ती विवाह गराइदिने उद्देश्यले स्थानीय पञ्च कहलाउनेहरुले आफ्नो निगरानीमा एक महिनादेखि उनको घरमा आरतीलाई राख्दै आएका थिए । 

त्यस गाउँका भद्रभलाद्मीले यसअघि पनि कम उमेरका युवाका अभिभावकसँग भोजभतेरका नाममा हजारौँ रकम जरिवाना तिराई बालविवाह गराउँदै आएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु