Skip to content
Friday, July 17, 2026 Nepali Online Media

यातायात बन्दको मौका छोपेर कालोवजारी

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/मङ्सिर १९, गुल्मी । गत पाँच दिन देखि  जनआन्दोलन प्रभावकारी बनाउन गरिएको यतायात बन्दको मौका छोपेर केहि यातायत व्यवसायीहरुले कालोवजारी गर्ने गरेको गुनासो

आएको छ ।

साँझ पाँच वजे देखि विहान ६ वजे सम्म खुल्ला गरिएको समयमा कतिपय  गाडीहरुले वुटवल पुगेको एक हजार सम्म भाडा असुल्ने गरिएको गुनासो आएको छ ।  त्यस्तै तम्घासबाट तल छल्दी पनाह खोला सम्म पुगेको ८ सय सम्म असुलेर  सर्वसाधरणको ढाड मस्काउने गरेको गुनासो समेत आज गुल्मी उद्योगा वाणिज्य संघमा चर्चा चलेको थियो ।

त्यस्तो कार्य रोक्न जनआन्दोलन समितिलाई ध्यानकृष्ट गराएको थियो ।

यस सम्वन्धमा जिल्ला प्रशासन कार्यालयको ध्यानकृष्ट गराउँदा प्रशासकिय अधिकृत भक्तिराम मरासीनीले प्रशासनमा उजुरी नआएको बताए । उनले भने उजुरी नपरेकोले बल्ल थाह पाईयो त्यस्तो कार्य रोक्न आन्दोलनमा गरिहेको गुल्मी उद्योग बाणिज्य संघ नै बढि जिम्मेवार हुने पर्दछ त्यतै भन्नुस् ।

ठाउँ ठाउँमा गस्तीमा रहेको प्रहरीले त्यसको निगरानी गर्न सके रोकिने तफ ध्यानकृष्ट गराउँदा जिल्ला प्रहरी प्रमुख प्रहरी  उपरिक्षक भोलाबहादुर रावलले त्यसरी ठगिएकाहरुले तत्काल सुचित गर्न आग्रह गरेका छन् ।

बन्दका कारण आवत जावतमा समस्या आएको र प्रेट्रोलियम  पदार्थको पनि अभाव भएको जनाईएको छ । संस्थागत रुपमा भने कालोवजारी नभएको दावि यातायत व्यवसायीहरुले गरेका छन् ।