राम नारायण पंडित | मङ्सिर २०, सिरहा | सिरहाको अचन्द्रअयोध्यापुर १ स्थित विल्टु डोम र वेचु डोमको घर शनिवार भत्काएपछि डोम परिबार विचल्लीमा परेका छन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित | मङ्सिर २०, सिरहा | सिरहाको अचन्द्रअयोध्यापुर १ स्थित विल्टु डोम र वेचु डोमको घर शनिवार भत्काएपछि डोम परिबार विचल्लीमा परेका छन् । 
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जाडोमा घर भत्काइदिएपछि डोम परिवारको विचल्ली

२० मंसिर २०७३, सोमबार ०४:२८

राम नारायण पंडित | मङ्सिर २०, सिरहा | सिरहाको अचन्द्रअयोध्यापुर १ स्थित विल्टु डोम र वेचु डोमको घर शनिवार भत्काएपछि डोम परिबार विचल्लीमा परेका छन् । 

विगत ४० वर्षदेखि वस्दै आएका डोम समुदायलाई जाडोको मौसममा स्थानीय भरतराज शर्माले घर भत्काएपछि डोम परिबार समस्यामा परेका हुन् । घर भत्काउने क्रममा उनीहरुले मरिक परिवारमाथि हातपात समेत गरेको जनाएको छ ।

घर भत्काएकाएपछि तराइका अति विपन्न समुदायका डोम परिवारका १८ जनाको परिवार खुल्ला आकाशमुनी रात विताउन बाध्य भएका छन् । संजय डोमका अनुसार भरतले २५/३० जनाको समूहमा ल्याएका अपरिचित युवाहरुले घर भत्काएको हो । प्रहरीकै अगाडी गुण्डा शौलीमम घर भत्काउँदा समेत प्रहरीले केही नगरेको उहाँहरुले गुनासो गरेका छन् । यता, भरतराज आफ्नो जमिन भएको भन्दै डोम परिवारको घर अदालतको आदेशमा भत्काएको बताएको छ । २०३५ सालदेखि बस्दै आएको डोम परिवारलाई त्यहाँबाट विस्थापीत गर्ने नियत सहित शर्माले ७/८ वर्ष अघि जमिन खरिद गरेको स्थानीयले बताएको छ । स्थानीय व्यवसायी तथा समाजसेवी कुलिया यादवले डोम परिवार बसेको देखि-देखि भरतले जमिन किनेर डोम परिवारमाथि अन्याय गरेको बताए । भरतले अदालतमा जमिन चलन गरिपाउँ भनी मुद्दा लगाएको भएपनि आफूहरुले यस वारेमा कुनै जानकारी नपाएको मरिक परिवारले बताएको छ । 


यता, इलाका प्रहरी कार्यालय मिर्चैयाले आफूहरुलाई  घटनावारे जानकारी नभएको भन्दै, पीडित परिवारलाई तत्काल बासको व्यवस्था मिलाउन पहल थालेको बताएको छ । प्रहरीको एक टोली घटनास्थलमा पुगेर  तत्काल मरिक परिवारलाई बासको लागि त्रिपालको व्यवस्था गर्न भरतराजलाई भनेको प्रहरीको भनाई रहेको छ । बाँसका सामाग्री बनाएर गुजारा चलाउँदै आएका डोम परिवारको जमिन समेत आफ्नो नाममा छैन । उनीहरु वर्षौंअघि बाँझो जमिन सफापारी बसेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु