२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

तेश्रो पटक अन्टर्काटिका पुग्ने थापा सम्मानित

२०७३, २५ मंसिर शनिबार १७:१०

प्रेम सुनार | मंसिर–२५, गुल्मी । तेश्रो नेपालीका रुपमा अन्टर्काटिकामा पुग्ने  गुल्मीका एक जना युवालाई स्वदेशका विभिन्न संघ संस्थाहरुले सम्मान गरेका छन् । गुल्मीको शान्तिपुर गाविस वडा नम्वर ६ का ३४ वर्षिय अर्जुनकुमार थापाले अन्र्टकाटिकाको अन्तिम दक्षिण धुर्व सम्म पुगेको र  भारतिय सेनाबाट सगरमाथाको सफल आरोहण समेत गरेकोमा उनलाई शान्तिपुरका विभिन्न संघ संस्था र वुटवलमा समेत सम्मान गरिएको हो ।


२०६७ साल मंसिर ८ गते अन्टर्काटकाको यात्रा सुरु गरेका थापा २०६७ साल माघ १ गते  ५० औं दिनको दिन अन्टर्काटिकाको अन्तिम दक्षिण धु्रर्वमा पुगेका थिए ।  

त्यस्तै उनले भारतिय सेनाबाट २०७२ जेठ ७ गते सगरमाथाको सफल आरोहण समेत गरेका थिए । उनलाई शान्तिपुरको नागरिक समाज , उदय शान्ति युवा क्लव , भुपु सैनिक परिवार र त्यहाँका शैक्षिक संस्थाहरुले सम्मान गरिएको हो ।

थापालाई वुटवलका समेत विभिन्न संघ संस्थाहरुले सम्मान गरेका छन् ।  वुटवल घरेलु तथा साना उद्योग महासंघ , रुपन्देही व्यापार संघ , नवलपरासीको देवदह भुपु सैनिक क्लव लगायतले सम्मान गरेका हुन् । 

उनलाई कार्यक्रमका विशेष अतिथी नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री शासंका कोईराला र  नेकपा एमालेका नेता तथा पुर्व मन्त्री विष्णु पौड्यालको हातबाट सम्मान गराईएको थियो । 

जिल्ला बाहिरका संघ संस्थाले समेत उनलाई सम्मान गरी रहँदा गुल्मी जिल्लाका संघ संस्था र सरकारी निकायले  वेवास्ता गरेको प्रति शान्तिपुरवासी रुष्ट रहेका छन् । 

उनलाई सम्मान गरिनु पर्ने सम्वन्धमा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गना संघ सम्पर्क राख्दा उनलाई सम्मान गरिनु पर्नेमा जोड दिए । उनले यहाँको नागरिक समाज , गुल्मी उद्योग वाणिज्य संघ जस्ता सामाजिक संघ सस्थाहरुबाट थापालाई सम्मान गर्ने वातवरण मिलाउनु पर्ने बताए । 


अन्टर्काटिकामा  पहिलो पाईला टेक्ने नेपाली भुवनसिंह विश्वकर्मा भने आज भन्दा तिस वर्ष अघि नैै पुगेका थिए । उनलाई नेपाल सरकार र तत्कालिन राजाको हातबाट गोरखा दक्षिणवाहु मानपद्वीबाट सम्मानित गरिएको थियो । त्यस्तै बिश्वकर्मालाई देश विदेशका दर्जनौ संघ सस्थाले सम्मान गर्दै देशकै गहना र शाहसी नेपालीका रुपमा लिने गरिएको छ । 

बाग्लुङ्ग उनको पुर्खेयौली घर भए पनि बुटवलमा बसाई सराई गरेकोले उनलाई त्यहाँका दर्जनौ संघ संस्थाले सम्मानित पदमा राखेर समाज सेवामा क्रियाशिल समेत पारेका छन् ।  उनी वस्ने स्थानको नाम नै भुवनसिंह मार्ग राखेका बिश्वकर्माको डकुमेन्ट्री समेत  एक संस्थाले तयार गरेर प्रर्दशनको तयारी गरिएको छ ।

अन्टर्काटिकामा दोश्रो पटक पाईला टेक्ने नेपाली हुन् गुल्मी कै हर्राचौरका रमनसिंह खत्री ।  तेश्रो नेपालीका रुपमा अनर््र्काटिका पाईला टेकेका थापा आफु अन्र्टकाटिकाको अन्तिम दक्षिण ध्रर्वमा पुग्ने पहिलो नेपाली भएको दावि गर्दै आए पनि त्यसको आधिकारिक पुष्टी भने हुन सकेको छैन्् । आधिकारिक पुष्ट्याँइका लागि नेपाल सरकार संग लिखित आग्रह गर्न आफु यति वेला काठमाण्डौं आएको थापाले बताए । शान्तिपुर ६ स्थित पिता सुर्यबहादुर थापा र माता फुलमाया थापाको कोखबाट २०३८ साल पौष २१ गते जन्मिएका थापा आज भन्दा १२ वर्ष अघि भारतिय सेनाको २÷४ जिआरम  भर्ति भएका थिए । 

विद्यार्थी कालमा शान्तिपुरको खेलकुद विकासका एउटा खम्वाकै रुपमा चिनिने थापा भारतिय सेनामा पुगेर आफ्नो पल्टनलाई खेलकुदको उचाईमा चिनाउन समेत महत्वपुर्ण पात्र मानिन्छन् ।


अन्टर्काटिका पुग्ने पहिलो नेपाली भुवनंिसंह बिश्वकर्मा जस्ता शाहसी नेपालीहरुको प्रेरणाबाट आफु पनि अन्तिम दक्षिण धु्रर्व सम्म र यता स्वदेशको संसारकै उच्च शिखर सगरमाथाको चुचुरो समेत चुम्न सफल भएको बताउने थापाले अहिले  पछिल्लो शाहसी एक नेपालीका रुपमा भारतिया सेनामा आफ्नो नाम दर्ज गराउन सफल भएका छन् ।  तस्वीरः सम्मानदाता र पत्नी सितका साथमा उनै सम्मानित अर्जुनकुरा थापा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ