2026-07-09 06:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

कुमारी आमाले पाईन कुमार

प्रेम सुनार, मंसिर–२७, गुल्मी । अँस्ती जिल्ला अस्पतालमा कुमारी आमा बनेकी युवतीले आज वल्ल आफ्नो उनै सपनाका राजकुमारलाई पाएकी छिन् । नयाँगाउँकी १९ वर्षिया रमिता मल्ल  ( नाम परिर्वन )  हिजो पुर्कोटदहका रमेश कार्की भनेर परिचित भएका उनि आखिर  सिर्सेनी–९ वडचौर निवासी  २२ वर्षिय रमेश सुनार उनका सपनाका राजकुमार भएको खुलेको छ । 

  सुनार आजै  घरवाट जिल्ला अस्पताल तम्घासमा आई उक्त शिशु आफ्नो भएको सहर्ष स्वीकार गर्दै रमितालाई श्रीमति बनाएर काँखमा नवजात शिशु छोरी च्याँप्दै घर भित्राउन हिडेको महिला अधिकारकर्मी विष्णुकुमारी सापकोटाले जानकारी दिईन् ।

    ’एकदमै खुशी हुँदै घर भित्राउन लगेर गएकोमा उनलाई धन्यबाद दिनै पर्छ’– सापकोटाले भनिन्–‘ गत तिन दिन देखि हामी सवैले उनलाई स्यहार सुसार गरेर राख्यौ, अव त्यो परिवारले नै गर्ने भएकोमा खुशी लागेको छ । ’ उनि नयाँगाउँबाट दुई हप्ता अघि मात्र तम्घास आई रेसुङ्गा क्याम्पसमा स्नातक प्रथम वर्षमा भर्ना भएकी थिईन् ।

  दुई दिन जति क्याम्पसमा हाँजिर भएकी उनि २६ दिन देखि डेरामै रहेकी थिईन् । महिला अधिकारकर्मीहरुले उनिहरुको अन्तरजातिय  प्रेम विवाहलाई स्वागत गरेका छन् ।   सुनारले नयाँगाउँमा डोजर चलाउँदै र रमिता संग मायाँ बसाल्दै गर्दा पुर्कोटदहको रमेश कार्की भएको भनेर परिचय दिएको उनै रमिताले बताएकी छिन् । 

  हिजो   समाचार वाहिर आए लगत्तै   उनका प्रेमीलाई व्यापक खोजतलास सुरु भएको थियो । अन्ततः चैत्रमा गर्भधारण गराई भदौं देखि मोवाईल स्वीचअफ गरेका उनि सम्पर्कमा आउनै प¥यो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो