४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीकी सुनैनाले जितिन् अमेरिकामा उपाधि

२८ मंसिर २०७३, मंगलवार ०४:५४

धनवीर महतो, मंसिर २८, महोत्तरी । वर्षौंसम्म घुम्टोभित्रै सीमित भएर जीवन जिउने मधेसी महिलाका लागि महोत्तरीकी सुनैना ठाकुर एक उदाहरणीय पात्र बनेकी छिन् । 

उनले मिथिला चित्रकलाको सहाराले अमेरिकाको न्युयोर्कमा ‘२०१६ कमन ग्राउन्ड अवार्डस् द फेस अफ पिस’को उपाधिबाट सम्मानित भएपछि मधेसी महिलाका लागि एक उदाहरणीय नामका रुपमा परिचित भएकी हुन् । 

जिल्लाकै सुगाभवानीपट्टिकी ३२ वर्षीया गृहिणी सुनैना ठाकुर मधेसी महिलाका लागि चिनारीका रुपमा परिचित हुनका लागि उनलाई सहज भने थिएन । उनी वर्षौंसम्म सङ्घर्ष गरेर आफ्नो कलालाई विश्व बजारमा प्रदर्शन गरेर यो सम्मानको हकदार बनेकी हुन् । दृढ अठोट र निरन्तरको लगनशीलताको कारणले मिथिला चित्रकलाको व्यवसायीकरणको माध्यमबाट सानो गाउँबाट अमेरिकासम्मको यात्रा गर्न आफू सफल भएको सुनैनाले प्रतिक्रिया दिइन् । 

ठाकुरले भनिन्, “परिवार र साथीभाइको सहयोग र आफ्नो लगनले गाउँको मात्रै होइन देशकै नाम चिनाउन आफू सफल भएकी हुँ । यसमा आफूलाई गर्व छ ।” मिथिला चित्रकलालाई व्यावसायीकरण गर्नुका साथसाथै यस क्षेत्रका महिलालाई पनि यस क्षेत्रमा लाग्न प्रेरणा र हौसला दिएको कारणले सुनैनालाई केही दिनअगाडि न्युयोर्कमा ‘२०१६ कमन ग्राउन्ड अर्वाड्स द फेस अफ पिस’ बाट सम्मानित गरेका हुन् । 

सर्लाहीको श्रीनगर–५ मा माइती रहेकी सुनैनाले बच्चैदेखि आमाले बनाउने गरेको पेन्टिङ देखेर हुर्केकीले आफूले सोही अनुसार नै चित्र बनाउने कार्यलाई निरन्तरता दिँदै आएकी उनले पत्रकारसमक्ष बताइन् । आफूले सानैदेखि अरूको पर्खालमा चित्रहरु बनाउँदा कतिपयको खप्की र परिवारको गाली खानु परेको स्मरण गर्दै उनले भनिन्–“अन्ततः आफूले सोही चित्रको माध्यमले अन्तर्राष्ट्रियस्तरमा अवार्ड हासिल गर्न सफल भएकी हुँ ।” आफूले आफूभित्र रहेको कलालाई जीवन्त राख्नका लागि घरकै पर्दा, बेडसिट, तन्ना लगायतमा चित्र कोर्ने गर्दै आएको सुनैनाले बताइन् । 

गाउँकै विद्यालयमा कक्षा ८ मा पढिरहेको बेला चित्रकला प्रतियोगितामा प्रथम भएपछि आफूले भविष्यमा यसलाई नै व्यवसायीकरण गर्ने सोच बनाए पनि विवाहको केही वर्षसम्म यसमा अवरोध सृजना भएको बताइन् । एक दशकअगाडि जलेश्वर नगरपालिका–१५ सुगाका शम्भु ठाकुरसँग विवाह भएपछि मैथिल समुदायमा नवविवाहिता बुहारीलाई घर बाहिर निस्कनु र काम गर्नुलाई नकारात्मक दृष्टिकोणले हेर्दा उनलाई कला देखाउन निकै नै गाह्रो भएको उनले सुनाइन् । सानैदेखिको लगाव र सन् २००८ मा सर्च फर कमन ग्राउन्डले दिएको अवसरको उपयोग गर्दै सुनैना अहिले यहाँसम्म आउन सफल भएकी छिन् । उनलाई यहाँसम्म आउनका लागि सर्चकै मीना शर्मा, श्रीमान, घरपरिवार र साथीभाइको भरपुर सहयोग प्राप्त भएको थियो । सर्चसँग सम्बन्ध गाँसिएपछि उनले चित्रकलाको व्यवसायीकरण र महिलालाई तालिम दिनका लागि विसं २०६६ मा महिला क्षमता विकास केन्द्र दर्ता गराइन् र मिथिला पेन्टिङ गर्ने कार्यलाई अघि बढाउँदै लगिन् । 

घुम्टो ओढेर मात्रै मधेसका महिला बस्छन् भन्ने सोच्नु गलत रहेको बताउँदै सुनैनाले भनिन्, “अवसर पाउने हो भने मधेसका महिला पनि सक्षम छन् ।” 

आफू महिलाको क्षमता विस्तार र व्यवसायीकरणका लागि काम गर्ने बताउँदै यसमा सबैको सहयोग उत्तिकै जरुरी रहेको समेत बताइन् । सुगाका महिलाले बनाएका चित्र राजधानी काठमाडौँका अतिरिक्त अमेरिका, युरोप, अस्ट्रेलिया लगायत देशमा समेत पुगिसकेका छन् । निरन्तरको प्रयास र अगुवाइलाई सलाम गर्दै युएनडिपीले पनि यसअघि सन् २०१२ मा उनलाई शान्ति सेवा अवार्ड पत्र प्रदान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी ओमानका कप्तान अकिब ल्यास विराटनगर किङ्सबाट एनपीएल खेल्ने अन्तर्राष्ट्रिय फुटबलमा मेसीको अर्को नयाँ कीर्तिमान एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड सोमपाल नायक बन्दा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ