२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

निजगढलाई २ नं प्रदेशको राजधानी बनाउनुपर्ने धारणा

२०७३, २८ मंसिर मंगलवार ०९:५१

मंसिर २८, पर्सा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियाले एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले सबै राजनीतिक दलको सहमतिमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता चौरसियाले संविधानलाई सर्वस्वीकार्य बनाउन र तीनै तहको निर्वाचन सम्पन्न गर्न संविधान संशोधन प्रस्ताव पारित गर्नैपर्ने अवस्था रहेको बताउनुभयो । 

नेता चौरसियाले स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगले ल्याएको प्रस्ताव समयसाक्षेप नभएको जनाउँदै संविधानलाई कार्यान्वयन गर्न पुरानै संरचनामा भए पनि एक पटकका लागि स्थानीय तहको निर्वाचन गराउन आवश्यक रहेकामा जोड दिनुभयो । 

नेता चौरसियाले निजगढ क्षेत्रलाई २ नं प्रदेशको राजधानी बनाउन उपयुक्त हुने धारणा पनि व्यक्त राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह