मंसिर २९, काठमाडौं । नेपालका चर्चित हाँस्य कलाकार विल्सन विक्रम राईले हिन्दी चलचित्रमा अभिनय गरेका छन् । १५ सिनका लागी चलचित्रमा अनुबन्धित भएका बिल्सन पर्दामा आय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २९, काठमाडौं । नेपालका चर्चित हाँस्य कलाकार विल्सन विक्रम राईले हिन्दी चलचित्रमा अभिनय गरेका छन् । १५ सिनका लागी चलचित्रमा अनुबन्धित भएका बिल्सन पर्दामा आय"/>
2026-10-10 04:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विल्सन विक्रम हिन्दी फिल्मको सुटिङमा ब्यस्त, ढाका टोपी लगाएर आयषाको जोडी बने

मंसिर २९, काठमाडौं । नेपालका चर्चित हाँस्य कलाकार विल्सन विक्रम राईले हिन्दी चलचित्रमा अभिनय गरेका छन् । १५ सिनका लागी चलचित्रमा अनुबन्धित भएका बिल्सन पर्दामा आयषा टाकियाको जोडी बनेका छन् । विल्सनले अभिनय गरेको चलचित्रको निर्माण युनिटको आग्रहमै नाम भने खुलाइएको छैन ।

१० दिनसम्म सुटिङमा रहने विल्सनलाई केही समयअघि नेपालमा कन्सर्ट गर्न आएका सांगीतिक समूहका सदस्यले सिफारिस गरेका थिए । अहिले भारतको महाराष्ट्रको पुनास्थित एक कोलोनीमा फिल्मको सुटिङ भइरहेको छ । 

उनी चलचित्रमा ढाका टोपी लगाएर अभिनय गरेको बताइएको छ । उनलाई चलचित्रको सम्पुर्ण दृश्यमा ढाका टोपीमा देख्न सकिनेछ ।

चलचित्रमा आयषा र वील्सन सहित मराठी फिल्मकी अभिनेत्री सुप्रिया पिलजंकर, नील भूपालान, राजश्री देशपाण्डे, र बाल कलाकार सर्ताज कक्कर मुख्य भूमिकामा छन् । पण्डेमोनियम पिक्चर्सको ब्यानरमा निर्माण भईरहेको फिल्मलाई पुष्कर सिंहले छायाँकन गरिहेका छन् ।  

वील्सनका लागि भ्यानिटी भ्यान, छुट्टै गाडी र ड्राईभरका साथ एक म्यानेजर समेत दिएर ठूलो सम्मान दिएको छ यूनिटले । नयाँ डिरेक्टर आशुतोष वारङको निर्देशनमा बनिरहेको फिल्मलाई मिल्ली सिन्नलले फाईनान्स गरेका छन् । 

यसअघि कलाकार सुनिल थापा पनि बलिउड चलचित्रमा अभिनय गरीसकेका छन् । सुनिलले बलिउड चलचित्रमा अभिनय गरेपछि उनको चर्चा अझ चुलिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने