Skip to content
Friday, July 17, 2026 Nepali Online Media
December 19, 2016 पर्सा - PRS, समाज

विद्युत् चोरी गर्ने ३३ जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस ४, वीरगन्ज ।</b> नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पर्साले गएराति जिल्लाको विभिन्न ठाउँमा छापा मारी विद्युत् चोरी गर्ने ३३ जनालाई पक्राउ गरेको छ ।&nbsp;<br></p><p>जिल्लाको उदयपुर घुर्मी, कुमठी र जगन्नाथपुरमा विद्युत् चोरी गरी बत्ती बाल्ने ३३ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय श्रीपुरमा पठाइएको प्राधिकरण प्रमुख चुटुनकुमार श्रीवास्तवले बताउनुभयो ।&nbsp;</p><p>प्राधिकरणका कर्मचारी तथा सुरक्षाकर्मीको संयुक्त टोलीले एउटा स्टेबिलाइजर पनि बरामद गरेको छ । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत् चुहावट रोक्न प्राधिकरणले कडाइका साथ कारबाही प्रक्रिया अघि बढाएको छ । रासस &nbsp;</p>