अभिमनु कुमार पटेल | पुस ४, रौतहट । दाईजो प्रथा बन्द अभियान रौतहटले आज एक जना विवाह गराउने कन्कपुर वार्ड नं २ नहरटोलका मौगलाना शेख मुस्तुफा लाई ५० हजार जरिवाना गरि समाजि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अभिमनु कुमार पटेल | पुस ४, रौतहट । दाईजो प्रथा बन्द अभियान रौतहटले आज एक जना विवाह गराउने कन्कपुर वार्ड नं २ नहरटोलका मौगलाना शेख मुस्तुफा लाई ५० हजार जरिवाना गरि समाजि"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

दाईजो लिएर विवाह गराउनेलाई समाजिक कारवाही गरि ५० हजार जरिवाना

४ पुष २०७३, सोमबार १५:०५

अभिमनु कुमार पटेल | पुस ४, रौतहट । दाईजो प्रथा बन्द अभियान रौतहटले आज एक जना विवाह गराउने कन्कपुर वार्ड नं २ नहरटोलका मौगलाना शेख मुस्तुफा लाई ५० हजार जरिवाना गरि समाजिक कारवाही समेत गरेका छन ।

गा.वि.स कन्कपुर वार्ड नं ६ जंगलसहिया टोलका शेख ओकिलको १६ वर्षीय छोरी बचिया खातुन सँग गा.वि.स राजपुर फरहदावा वार्ड नं ५ का शेख जाकिरले आफनो २२ वर्षीय छोरा  शेख सकिलको विवाह गर्नका लागि २ लाख ५० हजार दाईजो लिएर आज विवाह गराउन जयन्ती लिई बिहानै कनकपुर जादा दाईजो लिएको कुरा समितिका सदस्य शेख दाउद लगायत अन्य लाई जानकारी हुँदा ठाउँमा पुगेर जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालयमा जानकारी गराई विवाह रोकेको थियो ।

विवाह रोके पछि जिल्लाबाट प्रहरी गई समाजले रोक लगाएका कुरा नमानेको कारणले छोरा पक्ष , छोरी पक्ष र मौगलाना माथि कारवाही गरि दाईजो लिएको रकम फिर्ता गराई बिना दाईजोको त्यही जयन्ती लिएर गएको केटो सँग विहे गराएको छ ।

समाजमा दाईजो प्रथाले गर्दा महिला माथि दिन प्रति दिन बढदै गई रहेको घट्ना लाई नियुनिकरण गर्नको लागि दाईजो प्रथा मुक्त समाज बनाउने उदेश्यका साथ केही दिन अघि रौतहटमा मुस्लिम समाजका शिक्षित जिल्ला अगुवाहरुले प्रमुख जिल्ला अधिकारी , प्रमुख जिल्ला प्रहरी , र विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधीहरुका बैठक बसाई मुस्लिम समाजमा अब हुने विवाह गरिब वा धनिक कुनै परिवारमा बिना दाईजाको विवाह गरिने दाईजो दिने छोरी पक्ष वा लिने छोरा र विवाह गराउने मौगलाना समेत लाई कारवाही गरि जरिवान गरिने भन्नेर निर्णय दाईजो प्रथा बन्द अभियान समिति गठन गरेको थिए । यो घटना बारे दाईजो प्रथा बन्द अभियान रौतहटका जिल्ला सदस्य एवं समाजसेवी जमिल अख्तरले जानकार दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह