११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैया प्रहरीद्धारा तीन बिघाह भन्दा बढीको गाँजा फडानी

४ पुष २०७३, सोमबार १६:२०

राम नारायण पंडित | पुस ४, सिरहा | सिरहाको विभिन्न स्थानमा लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई प्रहरीले तिव्रता दिएको छ । 

ईलाका प्रहरी कार्यालय मिर्चेयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यको कमाण्डमा खटिएको प्रहरीको गस्ति टोलीले बिभिन्न स्थानमा लगाइएको करीब साढे ३ बिघाको अबैध गाजा खेती नष्ट गरेको हो । मिर्चैया नगरपालिका ८ रामपुरा, ९ सुन्दरपुर र कालाबन्जार ३ मा लगाईएको करीब साढे ३ विघाको अबैध गाँजा खेती फडानी गरी सोमवार नष्ट गरिएको प्रहरीले बताए । गाँजा फडानीका लागी अभियान नै सञ्चालन गरिएकोले विभिन्न ठाउँमा लगाईएका गाँजा खेती नसकिए सम्म फडानी कार्य जारी रहने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) बज्राचार्यले बताए । कृषकहरुले व्यवसायिक रुपमा गाँजा खेति गर्ने गरेको पाईएको र आम्दानीको श्रोत गाँजा भएकाले गाँजा खेती गर्नु गैरकानुनी रहेको उनले वताए । 

गाँजा फडानी कार्य वर्षेनी गरिने भएकाले कृषकहरुलाई गाँजा खेतीलाई त्यागेर अरु वाली लगाउन तर्फ लाग्नु पर्ने डिएसपी बज्राचार्यको धारणा रहेको छ । गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारवाही हुने उनले वताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता