राम नारायण पंडित/पुस ६, सिरहा । सिरहाको मिर्चैयाबाट प्रहरीले ठूलो परिमाणमा अबैध घरेलु मदिरा नष्ट गरेको छ । 

ईलाका प्रहरी कार्यालय मिर्चैया आज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/पुस ६, सिरहा । सिरहाको मिर्चैयाबाट प्रहरीले ठूलो परिमाणमा अबैध घरेलु मदिरा नष्ट गरेको छ । 

ईलाका प्रहरी कार्यालय मिर्चैया आज"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैया प्रहरीले गरे तीन सय लिटर घरेलु मदिरा नष्ट

६ पुष २०७३, बुधबार ०९:२६


राम नारायण पंडित/पुस ६, सिरहा । सिरहाको मिर्चैयाबाट प्रहरीले ठूलो परिमाणमा अबैध घरेलु मदिरा नष्ट गरेको छ । 

ईलाका प्रहरी कार्यालय मिर्चैया आज (बुधबार) करीब तीन सय लिटर अबैध घरेलु मदिरा नष्ट गरेको हो । बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीको गस्तीले मिर्चैया ५ र ६ स्थित विभिन्न भठ्ठी र पसलहरुबाट उक्त परिणामको घरेलु मदिरा नियन्त्रणमा लिई स्थानिय भरभलादमी र संचारकर्मीको रहोबरमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताए । 

पछिल्ला केहि महिनायता मिर्चैया तथा आसपासको क्षेत्रमा अबैध मदिरा बिक्री बितरण र उत्पादन भइरहेकोले जानकारी पाएपछि प्रहरीले निगरानी बढाएको छ । अबैध रुपमा उत्पादन गरिने मदिरा विषाक्त हुनुको साथै मदिरा सेवनका कारण गाउंघरमा अपराधका घटनाहरु समेत बढेको भन्दै प्रहरीले घरेलु मदिरा उत्पादन तथा विक्री वितरणमा रोक लगाउँदै आएको छ । 

यता, प्रहरीले सानो परिमाणमा मदिरा उत्पादन गर्नेहरुबाट मदिरा बरामद गरि नष्ट गर्ने गरेको भएपनि ठूला होटल तथा रेष्टुरेण्टहरुमा विक्री वितरण हुने अबैध घरेलु मदिरालाई रोक्न नसकेको बताइएको छ । 

बिभिन्न स्थानमा लाग्ने हाट बजारहरुमा खुलेयाम रुपमा घरेलु मदिराको बिक्री भइरहेको भएपनि त्यसतर्फ प्रहरीले वास्ता नगरेको सर्वसाधारणले गुनासो रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह