११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा मतदाता नामावली सङ्कलन सुरु

९ पुष २०७३, शनिबार १०:१४

पुस ९, गौशाला । महोत्तरी जिल्लामा शुक्रबारदेखि पुनः फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु भएको छ । 

पहिलो चरणमा जिल्लाको निर्वाचन क्षेत्र नं– ६ का खैरबन्नी, सुन्दरपुर, खयरमारा, फुल्काहा, भरपुर, बेलगाछी, लक्ष्मीनियाँ र औरही गाविसमा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु भएको जिल्ला निर्वाचन अधिकारी पिङ्की रायले बताउनुभयो । 

प्रत्येक गाविसमा दुई/दुई दिनका दरले सो कार्यक्रम चल्ने निर्वाचन अधिकारी रायले बताउनुभयो । 

यस कार्यक्रममा विगतमा नामावली सङ्कलन गराउनबाट छुटेकाले दर्ता गराउन सकिने, दर्ता भएकाको व्यहोरा सच्याउन सकिने, मृत्यु भएकाको हटाउने तथा १६ वर्ष पुगेका नागरिकता प्राप्त व्यक्तिको फोटोसहितको नामावली सङ्कलन तथा दर्ता गरिने छ । 

यस कार्यक्रमका लागि जिल्ला निर्वाचन कार्यालयले नौजना कम्प्युटर अपरेटर, ६४ जना नाम दर्ता कर्मचारी, १०७ जना सहायक दर्ता कर्मचारी, १०७ जना निर्वाचन शिक्षा कार्यकर्ता, १०७ जना दर्तास्थल सहयोगी र २१४ जना सुरक्षाकर्मी परिचालन गरेको छ । 

महोत्तरीमा कुल तीन लाख दुई हजार ४३५ मतदाता रहेकोमा जिल्ला निर्वाचन कार्यालयले अहिलेसम्म ८२ प्रतिशतको फोटोसहितको नामावली सङ्कलन गरिसकेको तथा बाँकी १७ प्रतिशतको लागि यो कार्यक्रम सञ्चालन गरिएको निर्वाचन अधिकारी रायले बताउनुभयो । 

त्यसैगरी अहिलेसम्म यस कार्यालयले जिल्लाको तीन लाख ६५ हजार ९९ जना १६ वर्ष माथिका नामावली सङ्कलन गरिसकेको जानकारी गराएको छ । 

जिल्लामा रहेको ६ वटै निर्वाचन क्षेत्रका ६३ गाविस र तीनवटा नगरपालिकामा यो कार्यक्रम सञ्चालन हुने भएको निर्वाचन अधिकारी रायले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह