२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रौतहटको १९ औँ गाविस बंजरहा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा

२०७३, १० पुष आईतवार १५:०१

पुस १०, रौतहट । नेपाललाई २०७५ साल सम्म खुल्ला दिशा मुक्त क्षत्रे घोषणा गर्ने राष्ट्रपति सरसफाई गुरु योजना लाई सफल पार्ने  उदेश्यका साथ आज  रौतहट जिल्लाको गाविस बन्जरहालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषण गरिएको छ । 

विगतको कठिन परिश्रमबाट आज आईतवार गाविस बन्जरहालाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने सकिएको आयोजक संस्थाले जनाएको छ । गाविसमा सवै घर परिवारमा अक्सफामको सहयोग, ग्रामिण विकास केन्द्र नेपालको सहकार्य तथा गाविस स्तरीय स्वक्षता समन्वय समिति बन्जरहाको आयोजानमा शौचालनको निमार्ण भई प्रयोगमा आएकोले एक कार्यक्रम गरि गाविस बन्जरहालाई खुल्ला दिशा मुक्त गाविस भएको घोषणा गरिएको हो । 


रौतहट जिल्लालाई वि.सं. २०७३ चैत्र मसन्त भित्र नै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्नु पर्ने, दोश्रो जिल्ला सरसफाई सम्मेलन गौरले प्रतिवद्धता गरे अनुसार अहिले धामधम गाविसहरु खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भईरहेको छ । जिल्लालाई समय सिमा भित्र पुर्ण खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न हाल ६५ गाविस र ३ नगरपालीकालाई घोषणा गर्नु पर्ने बाध्यतालाई सकार पार्न संस्थाहरु सक्रिय भएको देखिन्छ ।

आज बन्जरहामा आयोजित गाविस खुल्ला दिसा मुक्त क्षेत्र घोषणा कार्यक्रम गाविस स्तरीय स्वक्षता समन्वय समिति बन्जरहा र गाविस बन्जरहा सचिव जगत प्रसाद साहको अध्यक्षता, रौतहट निमित स्थानिय विकास अधिकारी संजय प्रसाद साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथी नेपाल प्रहरी रौतहट एसपी यज्ञ विनोद पोखरेल, शसस्त्र प्रहरी एसपी भगवान मल्ल, रौतहट जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख अनिल केशरी, यूएनहेविटेट रौतहट संयोजक दिपेन्द्र ठाकुर, आरडिसी नेपालका अध्यक्ष पारस हुसैन, शसस्त्र प्रहरी गौर ईन्सपेक्टर अमर लामा  र गरिवी निवारण कोष सिरहाको कार्यक्रम प्रमुख रामअधार प्रसाद यादव रहनु भएको थियो ।

घोषणा कार्यक्रममा विभिन्न क्षेत्रबाट गाविसलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गराउन सहयोग गरेको भन्दै गरिवी निवारण कोष सिरहाको कार्यक्रम प्रमुख रामअधार प्रसाद यादव, रौतहटका ७ जना पत्रकार, आरडिसी नेपालका सदस्यहरु, आरडिसी नेपालका कार्यक्रम समयोजक विजय साह बनिया, समाजिक परिचालक उमेश चंन्द्रबंसि, गाविस स्तरीय स्वक्षता समन्वय समिति बन्जरहा सदस्यहरुलाई विशिष्ट अतिथि संग दोसला ओठढाई र प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथिहरुलाई आयोजकले मायाको चिन्हो प्रदान गरिएको थियो भन्ने कार्यक्रमको संचालन आरडिसी नेपालका उपाध्यक्ष नेकमहम्द हुसैनले गर्नु भएको थियो । कार्यक्रमलाई रोमान्चक बनाउने रौतहट जिल्लाका प्रसिद्ध गायक विरिज किशोर सहनी, रामदयाल शर्माको टिम र आईविए विद्यलाय गौरका बालबालीकाहरुले आफनो प्रतिभा प्रतुत गरि मनोरंजन गराएका थिए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन