४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

प्रहरीको उच्च खोजीमा रहेका ठाकुरलाई आज सार्वजनिक गरियो

११ पुष २०७३, सोमबार ०८:५२

पुस ११, गौशाला । सात बढी हत्या तथा दर्जनौँ साङ्गठनिक अपराधमा संलग्न नेपाल प्रहरीको उच्च खोजीको सूचीमा परी फरार रहेकामा शनिबार पक्राउ गरिएका बथनाहा गाविस–४ का दीपेन्द्र ठाकुरलाई आज महोत्तरी प्रहरीले सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी महोत्तरी, धनुषा, सिराहा र सर्लाही जिल्लामा सात जनाभन्दा बढीको हत्या गरी फरार रहेको आरोपमा पक्राउ परेका बुढा भन्ने दीपेन्द्र ठाकुरलाई आज सार्वजनिक गरेको छ । 

प्रहरीको उच्च खोजीको सूचीमा रहेका दीपेन्द्र ठाकुर भारतको विभिन्न ठाउँमा लुकेर बस्दै आएकामा शनिबार बिहान जिल्लाको सिस्वाकटैया गाविस–१ बाट विशेष प्रहरी टोलीले उनलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

प्रहरीले उनको साथबाट एक थान नलकटुवा पेस्तोल, दुई राउन्ड गोली, एक थान मोबाइल, एक थान भारतीय मोवाइलको सिम र १४।२० ग्राम खैरो हिरोइन बरामद गरेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो । 

पक्राउ परेका ठाकुरले जिल्ला प्राविधिक कार्यालय महोत्तरीका सवओभरसियर पूर्णसिंह प्रधानलाई गोली हानी हत्या गरेको, जानकी मेडिकल कलेजका तत्कालीन सञ्चालक अशोक सिन्हाको धनुषा जिल्लाको जनकपुर–४ स्थित घरमा गोली प्रहार गरी उनका म्यानेजरलाई गम्भीर घाइते बनाएको, साथै अन्य सात बढी हत्याको आरोपमा फरार रहँदै आएका थिए । 

त्यस्तै ठाकुरले महोत्तरी, धनुषा, सिरहा र सर्लाहीलगायत भारतको पनि धेरैजसो ठाउँमा अपहरण, चन्दा असुली र धाकधम्कीका दर्जन बढी घटना घटाइसकेको प्रहरीले जनाएको छ । 

ठाकुरमाथि महोत्तरीमा चार, धनुषामा पाँच, सिराहा र सर्लाहीमा गरी सङ्गठित अपराध, हातहतियार, चन्दा आतङ्क, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सार्वजनिक अपराधलगायत दर्जनभन्दा बढी मुद्दा रहेका छन् । 

उनी तराईमा सशस्त्र विद्रोह गर्दै आएका जनतान्त्रिक तराई मुक्ति मोर्चा ९राजन मुक्ति समूह०मा सक्रिय कार्यकर्ताको भूमिका निर्वाह गर्दै आएका थिए । 

लागुऔषधसहित दुई युवा पक्राउ 

महोत्तरीको मटिहानी गाविसबाट प्रहरीले आज प्रतिबन्धित लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१ बस्ने २१ वर्षीय सरोज कापडी र ललितपुर उपमहानगरपालिका–१६ बस्ने २१ वर्षीय मधुकर सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो । 

भारतको मधवापुर सहरबाट दुवै युवकले बा१प २१७१ नंको मोटरसाइकलमा चढी लागुऔषध बोकेर महोत्तरीबाट धनुषा गइरहेका क्रममा मटिहानी–९ स्थित सडकबाट चेकजाँचका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक उपाध्यायले बताउनुभयो । 

प्रहरीले उनीहरुको साथबाट नेपालमा प्रतिबन्धित लागुऔषध नाइटोभेट २५५ पिस र स्पास्मो १२ पिस बरामद गरेको छ । 

लागुऔषधसहित पक्राउ परेका दुवै युवकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई उनीहरुमाथि लागुऔषध मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी मलाई अदालतले न्याय दिनेछ: रवि लामिछाने रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी