Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

चिसो बढेपछि महोत्तरीका विद्यालय एकहप्ताका लागि बन्द

२०७३, १४ पुष बिहीबार ०९:०३

 पुस १४, महोत्तरी । अत्यधिक रुपमा बढ्दै गइरहेको शीतलहर एवम् बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएपछि जिल्ला शिक्षा कार्यालय महोत्तरीले एक हप्ताका लागि सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ । 

पछिल्लो समयमा आएर बाक्लो हुस्सु एवम् शीतलहरका कारण जिल्लाभरिको जनजीवन नराम्ररी प्रभावित भएपछि जिल्ला शिक्षा कार्यालय महोत्तरीले आगामी पुस १७ गते आइतबारदेखि पुस २२ गते शुक्रबारसम्म एक हप्ताका लागि बिदा दिने निर्णय गरेको हो । 

जिल्लास्थित विभिन्न शिक्षक सङ्घसङ्गठनको आग्रह एवम् अत्यधिक रुपमा चिसोपनका कारण स्थानीयस्तरमा जनजीवन नराम्ररी प्रभावित भएपछि बिदा दिइएको शिक्षा कार्यालय महोत्तरीले जनाएको छ । 

पछिल्लो समयमा आएर विद्यार्थीलाई कठ्याङ्ग्रिँदै विद्यालयसम्म आउनका लागि बाध्यता भएपछि सो अवधिको बिदा जिल्लाको हरेक निजी तथा सामुदायिक विद्यालयमा लागू हुने गरी नियमित रुपमा बिदा दिइएको जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै