४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा फलफूल बेच्दाबेच्दै कठ्याङ्ग्रिएर एक जनाको ज्यान गयो

१५ पुष २०७३, शुक्रबार ०८:१९

पुस १५, गौशाला । महोत्तरीको सदरमुकाम जलेश्वरमा आज बिहान फलफूल बेच्दाबेच्दै कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । 

जलेश्वर नगरपालिका– २ बस्ने ६० वर्षीय राजेन्द्र साह तेलीको मृत्यु भएको उनका छोरा सत्रोहन साह तेलीले बताउनुभयो । 

आज बिहान निरन्तरको चिसो हावा र शीतलहर चलिरहेको बेला जलेश्वर नगरपालिका– १ स्थित बसपार्कमा रहेको आफ्नै फलफूल पसलमा फलफूल बेच्दै गरेका साहको एक्कासि कठ्याङ्ग्रएिर मृत्यु भएको प्रत्यक्षदर्शी श्याम चौधरीले जानकारी दिनुभयो । 

फलफूल बेच्दै गरेका साहले अति जाडो भएको भन्दै गोजीबाट चुरोट निकालेर सल्काउन खोज्दा कठ्याङ्ग्रिदो जाडोका कारण उनको शरीरको देब्रे भागमा प्यारालाइसिसजस्तो भएर चल्न छोडेपछि स्थानीयवासीको सहयोगमा उपचारका लागि जलेश्वर जिल्ला अस्पतालमा लगेको र त्यहाँ उहाँको प्राथमिक उपचार पछि थाप उपचारका लागि जनकपुर अञ्चल अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको छोरा सत्रोहनले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी मलाई अदालतले न्याय दिनेछ: रवि लामिछाने रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी