२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीको तिलाठी र कोचाबखारी गाविसका छ सय परिवारलाई कम्बल वितरण

२०७३, १५ पुष शुक्रबार ०९:४५

पुस १५, सप्तरी । सप्तरीको तिलाठी र कोचाबखारी गाविसका विपन्न परिवारलाई युथ नेपालले कम्बल वितरण गरेको छ । 

उक्त संस्थाले छुटाछुटै कार्यक्रम गरी दुवै गाविसका करिब छ सय विपन्न तथा गरिब परिवारलाई एक÷एक थान कम्बल वितरण गरिएको युथ नेपालका मोहन यादवले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिवेश लोहनीले कम्बल बाँड्नुभएको हो । 

यस्तै सप्तरीको हनुमाननगर योगिनिमाई नगरपालिकाको इनर्वामा समेत विपन्न र गरिब परिवारलाई जाडोबाट बच्नका लागि ‘नेपाल सेयरको सहयोग र क्रिएसेन नेपाल’को समन्वयमा सप्तरी युथ नेपालले एक सय १५ जनालाई एक थानका दरले कम्बल वितरण गरेको थियो । 

यसैगरी सप्तरीको कोइलाडी गाविसमा यहाँ एक दिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ । 

स्थानीय निम्न माध्यमिक विद्यालयमा तपेश्वरी समाज र हुर्क नेपालको आयोजना तथा ‘द फ्रिड्म फन्ड’को सहयोगमा आरके चिल्डेन अस्पताल विराटनगरले एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको संस्थाका अध्यक्ष पार्थो सरकारले बताउनुभयो । 

पुल भास्सिँदा यात्रुलाई समस्या 

सप्तरीको मैनाकडेरीस्थित चन्द्र नहरमा निमार्ण गरिएको नयाँ पुल भास्सिँदा यात्रुलाई समस्या भएको छ । 

मैनाकडेरी र लोहजरा गाउँको बीचमा रहेको सो नहरमा निर्माण गरिएको पुल छेउको तार बोल्डर, पुलको छेउको भाग भास्सिँदा आउने जानेलाई ज्यान जोखिममापर्ने स्थिति रहेको स्थानीयवासीको गुनासो छ । 

चन्द्र नहरको पुरानो पुल जीर्ण भएपछि बनाइएको नयाँ पुलको दुबैपट्टि भत्कनुका साथै पुलले जोड्ने सडक २० फिट तल भास्सिँन जाँदा सो पुलबाट दुर्घटनाको समस्या बढेको स्थानीयवासीको भनाइ छ । 

पुलको वारिपारी रहेको र बाटो भास्सिँएको सो पुल हँुदै आवागमन गर्नेलाई समस्या भएको छ । सो नहरमा चन्द्रनहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यलयबाट पुल निमार्ण गरिएको स्थानीय बासिन्दाले बताएका छन् । 

पुलको मर्मत गर्न पटक÷पटक कोसीपम्पका इन्जिनियर समक्ष जानकारी गराए पनि पहल नभएका मैनाकडेरीका रामप्रसाद यादवले गुनासो गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा