१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

जलेश्वरमा नेपाली सेनाद्वारा आगो र चियाको व्यवस्था

१५ पुष २०७३, शुक्रबार १०:१२

पुस १५, गौशाला । विगत तीन/चार दिनदेखि बढेको असहनिय जाडो छल्नका लागि महोत्तरीको सदरमुकाम जलेश्वरमा नेपाली सेनाले आज बिहानै आगो र चियाको व्यवस्था गरेको छ । 

गत मङ्गलबारदेखि अचानक जिल्लामा जाडो बढेपछि स्थानीय बासिन्दा तथा सडकमा रात बिताउनेलाई मध्यनजर गर्दै जलेश्वरस्थित नेपाली सेनाका फस्ट रैफल गणले जलेश्वरको मटिहानीचौक, दुर्गाचोक र शङ्करचौकमा दाउरा बालेका छन् । 

त्यस्तै तीनवटै स्थानमा नेपाली सेनाले निःशुल्क चियाको व्यवस्था पनि गरेको सो गणका गणपति युवधिरमान सिंह अधिकारीले बताउनुभयो । 

केहि दिनदेखि जिल्लामा बाक्लो हुस्सु, शीतलहर र चिसो हावाले जाडो बढेकाले नेपाली सेनाले स्थानीयवासीलाई लक्षित गर्दै जलेश्वरको तीन स्थानमा दाउरा बाल्नुको साथै चियाको व्यवस्था गरिदिएको गणपति अधिकारीले बताउनुभयो । 

नेपाली सेनाले गरेको दाउरा र चियाको व्यवस्थाबाट सयौँं व्यक्ति लाभान्वित भएका छन् भने सेनाको यस कार्यलाई निरन्तरता दिन स्थानीयवासीले नेपाली सेनालाई जिल्लाको गाउँतिर पनि यस्ता कार्यक्रम गर्न माग गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह