(धनवीर महतो) | पुस १६, महोत्तरी | अति पिछडिएको दलित समुदाय मुसहर बस्तीका बालबालिकालाई महोत्तरीको एक प्राथमिक विद्यालयका प्रधानाध्यापकले चकलेट दिएर विद्यालयसम्म ल्याउनका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (धनवीर महतो) | पुस १६, महोत्तरी | अति पिछडिएको दलित समुदाय मुसहर बस्तीका बालबालिकालाई महोत्तरीको एक प्राथमिक विद्यालयका प्रधानाध्यापकले चकलेट दिएर विद्यालयसम्म ल्याउनका"/>
४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा चकलेट बाँड्दै विद्यार्थी तान्दै

१६ पुष २०७३, शनिबार ०७:१४

(धनवीर महतो) | पुस १६, महोत्तरी | अति पिछडिएको दलित समुदाय मुसहर बस्तीका बालबालिकालाई महोत्तरीको एक प्राथमिक विद्यालयका प्रधानाध्यापकले चकलेट दिएर विद्यालयसम्म ल्याउनका लागि आकर्षित गर्दैआउनुभएको छ । 

महोत्तरी सुन्दपुर–५ स्थित दलित उत्थान प्रावि मैनटोल मुसहरीका प्रअ रामस्नेही ठाकुरले निजी पैसा खर्च गरेर बालबालिकालाई प्रत्येक दिन चकलेट वितरण गरिरहनुभएको छ । विसं २०६४ मा एक्सन नेपाल नामक संस्थाले बाटाको छेउमा दुईकोठे अर्धपक्की भवन बनाइदिएपछि त्यस समुदायका बालबालिकालाई आफूले पढाउँदै आएको ठाकुरले बताउनुभयो । 

विद्यालय सञ्चालन भएको एक दशकसम्म जिल्ला शिक्षा कार्यालयलाई सहयोगका लागि बारम्बार आग्रह गर्दा समेत कुनै किसिमको सहयोग नपाइएको गुनासो प्रअ ठाकुरले गर्नुभयो । चौरासी जना विद्यार्थीले विद्यालयको स्थापनाकालदेखि नै पाठ्यपुस्तक र छात्रवृत्तिको रकम पाउन सकेका छैनन् । 

जिल्ला शिक्षा कार्यालयले यसै वर्ष एककोठे पक्की शौचालय बनाइदिए तापनि त्यहाँ स्वच्छ खानेपानीको अभाव नै छ । विसंं २०६७ मा स्थानीयवासी राजकिशोर यादवले विद्यालयलाई जग्गा उपलब्ध गराए पनि आर्थिक स्रोतको अभावका कारण भवन निर्माण हुन नसकेको विद्यालयले जनाएको छ । 

कक्षा ३ सम्म पढाइ हुने सो विद्यालयमा दुई बाल विकास र एक पिसिएफ (प्रति बाल कोष) दरबन्दी भए तापनि त्यहाँ दुई बाल विकास र दुई पिसिएफ शिक्षक छन् । पिसिएफका दुई शिक्षकले तलब बाँडफाँट गरेर बुझ्दै आएको विद्यालय स्रोतले जनाएको छ । 

एक सय ८० मुसहर समुदायको घरपरिवार बसोबास गर्ने सो बस्तीका अधिकांश बालबालिका ससाना नानी खेलाउने, घरको कामकाज गर्ने जस्ता कामकाजमा व्यस्त भएका कारण अध्ययन गर्न विद्यालयसम्म आउन सकेका छैनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी मलाई अदालतले न्याय दिनेछ: रवि लामिछाने रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी