२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

विद्यालयको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा

२०७३, १८ पुष सोमबार ०५:४१

पुस १८, महोत्तरी । सम्बन्धित पक्षको लापर्बाहीको कारण महोत्तरीको सुन्दरपुरमा रहेको जनता माध्यमिक विद्यालयको नाममा रहेको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा रहेको छ । 

वर्षौंदेखि सो जग्गा संरक्षणको लागि विद्यालय तथा स्थानीयले समयमै चासो नदेखाएपछि विद्यालयको नाममा रहेको साढे १४ बिगाहा जग्गामध्ये १० बिगाहा जग्गा अलपत्र अवस्थामा रहेको छ । वर्षौंदेखि स्थानीयले अवैधरुपमा उपभोग गर्दै आएता पनि सम्बन्धित निकायको यसतर्फ ध्यान जान सकेको छैन । 

विद्यालयभन्दा दस किलोमिटरको दूरीमा रहेको १० बिगाहा जग्गामा ठूलाठूला रुख लगाइएको छ । तारबारले छेकबार गरेता पनि वर्षौंदेखि संरक्षणको अभावमा सो जग्गा स्थानीयले भोगचलन गर्दै आएका छन् । विद्यालयको छेउमै रहेको साढे ४ बिगाहा क्षेत्रफल बराबरको पोखरी पाँच वर्षको लागि रु १५ लाखमा टेन्डरमा लगाएता पनि अन्य जग्गाको हकमा विद्यालय नै अनविज्ञ रहेको छ । वर्षौंदेखि विद्यालयमा सो जग्गाको कारोबारको सम्बन्धमा कुनै किसिमको अभिलेख नराखिएको विद्यालय स्रोतले जनाएको छ । 

केही वर्षपूर्व विभिन्न कारणले गर्दा लामो समयसम्म बन्द रहेको सो विद्यालयमा आफू आउँदा कुनै किसिमको हिसाबकिताब पारदर्शी तरिकाले आफूलाई नबुझाएको विद्यालयका प्रधानाध्यापक सूर्यदेव यादवले बताउनुभयो । 

कतिपय ठेकेदारले वर्षौंसम्म विद्यालयबाट टेन्डर स्वरुप लिएको जग्गाको रकम विद्यालयले पाउन नसकेको प्रधानाध्यापक यादवले जानकारी दिनुभयो । यता विद्यालयको जग्गा यसरी अलपत्र अवस्थामा रहनुको कारण विद्यालयमा लामो समयदेखि व्यवस्थापन समिति नहुनु तथा प्रधानाध्यापकले समयमै तदारुकता नदेखाएको नै मुख्य कारण रहेको स्थानीय राजनीतिककर्मी रामेश्वर यादव बताउनुहुन्छ । यस विषयमा विद्यालयले कहिल्यै पनि अभिभावक भेला नबोलाउनु, सम्बन्धित निकायसमक्ष गुनासो नराख्नुले विद्यालयको नै कमीकमाजोरी रहेको यादवले धारणा राख्नुभयो । 

यस सम्बन्धमा चाँडै नै यथार्थ कुरा बुझेर उचित कदम उठाइने गाविस कार्यालय सुन्दरपुरले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ