१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा चिसोले कठयांग्रिएर एक बृद्धको मृत्यु

२१ पुष २०७३, बिहीबार ०६:२३

राम नारायण पंडित/पुस २१, सिरहा । केहि दिनदेखि चलेको शीतलहरसगै बढेको जाडोले सिरहामा एक बृद्धको मृत्यु भएको छ । 

जाडोबाट कठयांग्रिएर बुधबार साँझ सिरहाको बरीयारपट्टि ५ मा एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ४ जयपुर बस्ने अन्दाजी ६५ बर्षीय रामनाथ यादब रहेको प्रहरीले बताए । 

जिल्लाकै सन्हैठ २ पुरानो घरबाट नयाँ घर जयपुर जाने क्रममा अत्याधिक जाडोले कठयांग्रिएर बरीयारपट्टि चौकमा यादबको मृत्यु भएको प्रहरी चौकी बरीयारपट्टिका प्रहरी सहायक निरिक्षक दिल बहादुर दनुबारले बताए । सिरहा सहित तराईका जिल्लाहरुमा विगत केहि दिनदेखि एाकएक बढेको जाडोले जनजिवन कष्टकर बनेको छ । विहानै देखि वाक्लो हुस्सु संगै चिसो हावा चलेका कारणले जनजिबन थप प्रभाबित हुदैँ गएको छ । 

जाडो बढेकोले दैनिक दिनचर्या विताउन समेत समस्या भईरहेका छन् । जाडोको कारण सिरहा, सप्तरी, सुनसरी, मोरंग, झापा, धनुषा, महोतरी, सर्लाही, बारा, पर्सा लगायतका जिल्लाहरुको जनजिबन अस्तब्यस्त बनेको छ । 

जाडो बढेपछि खासगरी बालबालिका र वृद्धवृद्धाहरु बढि समस्यामा परेको छ । चिसो बढेसंगै सर्बसाधारणहरु न्यानो कपडा र आगो ताप्ने व्यवस्था गर्न थालेका छन् । विगतका वर्षहरुमा सम्बन्धित निकायले जिल्लाको बिभन्न स्थानहरुमा दाउरा उपलव्ध गराएर आगो बालेको भएपनि यस वर्ष  मौन रहेको छ । 

जाडो बढेसगै स्वास्थ्य संस्थाहरुमा निमोनिया, श्वासप्रश्वास, टाइफाइड रुघाखोकी र कोल्ड डाइरेरियाका बिरामीको चाप बढ्न थालको छ भने जिल्ला प्रशासन कार्यालयले चिसोबाट नागरिकलाई जोगाउन आवश्यक गृहकार्य थालेको छ । जाडोबाट बालबालिका र वृद्ध  बढी प्रभावित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह