2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सदरमुकामसँग जोडिएको गाविस अझै सञ्चार सेवाबाट टाढा

पुस २५, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीसँग जोडिएको गाविस गोराखानीमा अहिलेसम्म पनि सञ्चार सेवा पुग्न सकेको छैन । 

सल्लेरी–५ र गोराखानी–१ सीमा जोडिएको भए पनि त्यहाँसमेत मोबाइल सेवा सञ्चालन नभएको गोराखानी–१ दिम्सेसका दावा शेर्पाले बताउनुभयो । गोराखानीका कुनै पनि वडामा टेलिफोन सेवा पुग्न सकेको छैन । 

टेलिफोन गर्नका लागि अझै पनि अग्लो डाँडाडाँडा नेटवर्क खोज्दै चाहनुपर्ने गोराखानी–८ का मिङ्मार तामाङले बताउनुभयो । डाँडाडाँडामा एनसेलको नेटवर्क आए पनि नेपाल टेलिकमले प्रदान गर्ने स्काई र जिएसएमको नेटवर्कले भने कतै पनि नछोएको गोराखानीवासीको गुनासो छ । 

टेलिकमले केरुङ–२ पत्तालेमा विटिएस राखे पनि गोराखानीसम्म त्यसको तरङ नआउने उनीहरु बताउँछन् । टेलिकमले जिएसएमको बिटिएसमार्फत सबै गाविसमा सेवा पु¥याएको जनाए पनि हालसम्म गोराखानी गाविसमा पुग्न सकेको छैन् । 

सञ्चार अभावमा महत्वपूर्ण खबर आदानप्रदानसमेत हुन नसकेको उनीहरुको गुनासो छ । गोराखानी–६ स्थित नयाँ गाविसको भवनमा बिटिएस राखेमा गोराखानी, टाप्टिङ र केरुङको केही भागमा समेत सेवा पुग्ने जानकारहरु बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल