प्रेम सुनार/पुस २५, गुल्मी । गुल्मीको जुभुङ्ग काब्रेपोखरी शैक्षिक तथा धार्मिक महोत्सव–२०७३ आज पौष–२५ गते देखि सुरु भएको छ । महोत्सवको प्रमुख जिल्ला अधिकारी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/पुस २५, गुल्मी । गुल्मीको जुभुङ्ग काब्रेपोखरी शैक्षिक तथा धार्मिक महोत्सव–२०७३ आज पौष–२५ गते देखि सुरु भएको छ । महोत्सवको प्रमुख जिल्ला अधिकारी "/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मीको जुभुङ्ग काब्रेपोखरी महोत्सव सुरु (फोटोफिचर)

२०७३, २५ पुष सोमबार १७:३१


प्रेम सुनार/पुस २५, गुल्मी । गुल्मीको जुभुङ्ग काब्रेपोखरी शैक्षिक तथा धार्मिक महोत्सव–२०७३ आज पौष–२५ गते देखि सुरु भएको छ । महोत्सवको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले उद्घाटन गरेका हुन् ।

१०८ राष्ट्र शान्ति धार्मिक महोत्सव संकल्पकर्ता  गोविन्दशंरण महाराजी र मधुरवाणी पुज्यादिदी मिना देवि ज्युबाट आज देखि ८ दिन सम्म प्रवचन हुने महोत्सवको  पहिलो सत्रमा जुभुङ्गका विभिन्न गाविसमा कलशयात्रा सहितको प्रभातफेरी गरी काभ्रेपोखरी उच्च माध्यामिक विद्याल प्राङ्गणमा सजाईएको विशाल मञ्चमा औपचारिक कार्यक्रम सुरु भएको थियो ।


आज पहिलो  दिनमै करिव ५० लाख रकम संकलन भएको आयोजकले जनाएका छन् । पहिलो दिनका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले ५ हजार १ सय  चन्दादान गरेका थिए । उनलाई गोविन्दजी महाराजले सम्मान  गरेका थिए ।

कार्यक्रममा प्रवचनका अलवा राधाकृष्णको नृत्य र मञ्चन गरिनुको साथ शुभकामना मन्तव्य राखिएको थियो । कार्यक्रममा जिल्ला ईन्जिनियर सुनिल रञ्जितकार, कोष तथा लेखा निरीक्षक कार्यालयका लेखापाल भुपाल ज्ञवाली, जुभुङ्ग गाविस सचिव कमलप्रसाद पाण्डेय, जुभुङ्गका श्रोत व्यक्ति खिमबहादुर महत, शिक्षा प्रेमी तथा समाज सेवी जगनाथ गौतम, क्याप्टेन सन्तबहादुर खड्का, क्याप्टेन चन्द्रबहादुर जिसी, पुर्व लेखा अधिकृत हुमबहाद्र थापा, सुवेदार केशरसिंह सारु, जिल्लाका पत्रकारहरुको तर्फबाट प्रेम सुनार लगायतको विशेष आतिथ्यता रहेको थियो ।


जुभुङ्ग काब्रेपोखरी शैक्षिक तथा धार्मिक महोत्सव मुल समारोह समितिका अध्यक्ष ज्ञानबहादुर खड्काको अध्यक्षतामा सुरु भएको कार्यक्रममा त्यस विद्यालयका प्राचार्य तथा समारोहका महासचिव तेजेन्द्र खड्काको स्वागत मन्तव्य र पुर्व प्राचार्य श्रीराज खड्काको सञ्चालन रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै