पुस २६, विराटनगर । नेपाली आधुनित संगीतको क्षेत्रमा एक नयाँ नाम हो निमिषा त्रिपाठी, बिगत ३ बर्ष देखी कलाकारिता गायन र मोडलिडमा उनि निरन्तर क्रियासिल छिन तिमि मात्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, विराटनगर । नेपाली आधुनित संगीतको क्षेत्रमा एक नयाँ नाम हो निमिषा त्रिपाठी, बिगत ३ बर्ष देखी कलाकारिता गायन र मोडलिडमा उनि निरन्तर क्रियासिल छिन तिमि मात्"/>
२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘केटीहरुको धमण्ड त गड गिफ्ट हो’ – निमिषा त्रिपाठी

२०७३, २६ पुष मंगलवार ०८:०४

पुस २६, विराटनगर । नेपाली आधुनित संगीतको क्षेत्रमा एक नयाँ नाम हो निमिषा त्रिपाठी, बिगत ३ बर्ष देखी कलाकारिता गायन र मोडलिडमा उनि निरन्तर क्रियासिल छिन तिमि मात्र हैन मलाई माया गर्ने बोलको गीत बाट आफ्नो सांगीतिक यात्रा सुभारम्भ गरेकि उनले हाल सम्म परदेसि को बसाइमा, राम्रो सङ मनेहै यो दसैं, नाचे म यसपाली तिजमा, एउटे धर्ती थियो सानू, जिन्दगीमा यति सम्म दुख लेख्या हुदोरहेछ । 

आदि गितहरु बजारमा पठाइसकेका छन् भने अन्य थुप्रै गीतहरु अझै बजारमा आउने तयारीमा रहेका छन् । नेपालको सांगीतिक क्षेत्र दिन प्रति दिन धरासाही बन्दै गैरहेको यो अवस्थामा पनि निरन्तर रुपमा अगाडि बढेकी कलाकार निमिशा त्रिपाठी कलाकारहरुको निरन्तरतालाई हामी आम संचारकर्मीहरुले सलाम प्रकट गर्नै पर्छ , किन कि उनीहरुको खाइ नखाई यस क्षेत्र प्रतिको लगानीले सिंगो सांगीतिक क्षेत्रलाई धनि बनाईरहेको छ । सोहि अनुरुप , हामीले पनि यस्तो देशको गहना जस्तो कलाकारहरुलाई यथास्थितिमा राख्नु पर्छ भन्ने उध्यस्यले उनै गायिका तथा मोडल निमिशा संगको सहकर्मि साथी रोशन पोखरेल ले अन्तरङ्ग कुराकानी गर्नुभएको छ ।

आजकाल के गदै हुनुहुन्छ ?

म काठमान्डौको आर आर क्याम्पसमा जनालिज्म पढदै छु साथै कलाकारिता क्षेत्रमा समेत क्रियाशिल रहेको छु विगत ३ वर्ष देखी हाल सम्म

कलाकारितामा तपाई कसरी प्रवेश गनुभयो नी ?

सानै उमेरदेखी दोलखामा हुदा विद्यालयको कार्यक्रममा सवै साथीको हौसला र सुरुमा रहरै रहरमा गित संगितमा प्रवेश गरियो ।

तपाईको बाल्यकाल कहाँ वित्यो नी ?

दोलखा नै मेरो घरैमा मेरो बाल्यकाल बित्यो , जे होस खुसी साथ बिताए मैले मेरो बाल्यकाल । सानै देखी हरेक सास्कृतिक कार्यक्रममा गित संगितमा गाउने गर्थे ।

परिवारमा कति जना सदस्य हुनुहुन्छ ?

७ जना दाजु भाई दिदि वहिनी छौ हामी |

गित-सङ्गितमा लाग्ने सोच कहिले बन्यो र कहाँ बाट सुभारम्भ भयो ?

म सानै देखि अतिरिक्त क्रियाकलापमा सकृय थिए , गित गजल बक्तित्वकला बादबिबाद हाजिरीजबाफ आदि इत्यादिमा सधै पुरस्कृत भैरहन्थे , गित गित संगीत मै लागौंला भन्ने सोच त थिएन तर नाम हुने सबैले चिन्ने काम गर्छु भन्ने थियो, अध्ययनको शिलशिलामा काठमान्डौमा आएपछि गित संगित सिक्नको लागी रहर लाग्यो अनि कलाकारिता क्षेत्रमा लाग्ने निर्णय गरे ।

प्राय लडिज कलाकारहरु अलिक धमण्डी हुन्छन रे ?

मुस्कुराउदै आफुसगँ केहि अलग खुवी विशेष छ भने केटी मात्र जो कोही पनि धमण्डी हुन्छन नी अनि केटी हरुको धमण्ड त गड गिफट हो जस्तो लाग्छ तर म अरु जस्तो धमण्डी चै छैन

यहाँ द्वारा स्वरबद्ध गरिएको पहिलो गित कुन हो ?

मलाई माया गर्ने तिमी हैन एउटा हो जुन गित मा मैले अवसरको सुरुवाता मलाई श्रोता माझँमा आफनो आवाजको कला प्रस्तुत गर्ने अवसर पाएको छ ।

तपाइँ बिबाहित हो कि अविवाहित ?

हा हा हा हजुर म अबिबाहित हुँ ।

तपाई प्रेम मा कतिको विश्वास गर्नुहुन्छ ?

म त्यति विश्वास गर्दिन हरेक कुरा लाई सकारात्मक तरिकाले सरकारात्मक रुपमा लिनुपर्छ जस्तो लाग्छ ।

तपाई कस्ताो साथी मन पराउनुहुन्छ ?

जो मित्रताको अर्थ बुझछन र आफनो दुखमा मात्र नभई सुखमा नी निस्वार्थ राखी मित्रता निभाउन त्यस्ता साथी मलाई औधी मन पर्छ ।

मेकअपमा कतिको खर्च हुन्छ ?

लेडिज हुँ सामान्य खर्च भै हाल्छ नी हेैन र ।

आफ्ना श्रोता तथा दर्शकहरुको राती कत्तिको फोन आउँछ ?

म गित गाउने साथै नुत्य मा रुचि भएको ले बिदेश को लागि फोन आउछ तर अहिले सम्म मैले विदेशमा गित गाएर श्रोता माझँमा पुगेको छैन । आगामी दिनमा चै चाडौ जाने विचारमा छुु ।

विवाह मागी की प्रेम गर्ने ?

मागी गरेर प्रेम पो गर्नु पर्छ की तर यस बारेमा सोचेको छैन अहिले नै ‘

यसरी कला क्षेत्रमा अगाडि बढिरहेको मान्छेलाइ राती राती आफ्ना शुभचिन्तक बाट फोन आइरहदा घरमा सदस्यको प्रतिक्रिया कस्तो आउछ ?

मेरो घरमा सवैजना फेमेलियर भएर होला मेरो हरेक काम मा सपोट गर्नुभएको छ । मलाई याद छ । बुवाले सानोमा छदाँ घरमा मेरो लागी छुटटै रेडियो ल्याइदिनुभएको थियो । म पनि छुटटी को समय रेडियोमा गित सुन्दै नाच्ने गर्थे । तर मेरो दिदिले धेरै सपोट गर्नुभएको छ ।

अन्य घरपरिवारको तर्फबाट तपाइँ यो क्षेत्रमा लाग्दाखेरिका साथ सहयोग कस्तो छ ?

ठिकै छ । सवैजनाले सपोट गर्नुहुन्छ ।

हरेक दिनको दैनिकी कसरी सुरु हुन्छ ?

म विहान उठने वितिकै विहान कलेज जान्छु त्यसपछि कलेजबाट आएर म्युजिक कलासमा जान्छु फुुुसर्दको समयमा नेटमा साथी भाइहरु र आफन्त सगँ कुराकानी फेसवुकमा कुरा गर्छु ।

कलाकारिता क्षेत्रको श्रीबिध्दिको लागि राज्यले कलाकारको लागी कस्तो भुमिका निर्वाह गर्नुु पर्छ ?

हेर्नुस सर्बप्रथम त हामी आफुमा सक्षम हुन पर्छ , आफुमा एक जुट हुन पर्छ , हामिमै एकता छैन , दोस्रो कुरा राज्यले कलाकार लाई गहनाको रुपमा होइन अङ्गको रुपमा स्विकार्न सक्नु पर्छ र कलाकारको लागि केही सहज ब्यब्स्था गर्दिन पर्छ । कलाकारिताको सम्पुर्ण बिधालाइ एकै ठाउमा समेटेर सबैलाइ सेन्सर लगाएर पास गराउन पर्छ , बिकृत पक्षलाई कारबाही गर्न हिच्किचाउनु हुदैन ।

मिडियाको भुमिका ?

मिडिया भनेको राज्यको चौथो अङ्ग हो , मिडियालाई लाखौ दर्शक श्रोताले बिस्वास गर्छन , तसर्थ हाम्रालाइ होइन राम्रालाइ मात्र स्थान दिने गर्नु पर्छ , अनि नराम्रा पक्षहरु आफै बिलिन हुनेछन । त्यस कारण तपाईहरुलाई जस्तो कला र मनोरञ्जनमा क्रियाशिल भएका सेलिब्रेटिका सकारात्मक गतिविधिलाई स्रोता माझँमा पुयाएर अगाडि बढनको लागी प्रेरणा दिनुभएको छ र्हौसला दिनुभएको छ जुन कार्य प्रंसनिय रहेको छ ।

भाग्य र कर्ममा बिस्वास बढी कुन गर्नुहुन्छ ?

म दुबैलाइ उत्तैकै बिस्वास गर्छु , कर्म गरे भाग्य ढिलो चाडो अबश्य बन्नेछ ।

अन्तमा हाम्रा पाठकहरुलाइ छुटेका कुरा केही भन्न चाहानु हुन्छ ?

तपाईहरुको आत्मीय साथ र सहयोगको लागी धेरै धेरै धन्यवाद दिन चाहन्छु साथै तपाईहरुको यो मिडियाको अझ प्रगती को लागी शुभकामना दिन चाहन्छु । नेपाली गित संगितलाई माया गर्नुहोला र नव प्रवेशी लाई पनि साथ र सहयोग दिनुहोला भन्न चाहन्छु ।

धन्यवाद हामिलाइ महत्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा ।

रोशन जी तपाई लगायत तपाई क्रियाशिल मिडियालाई लाई पनि धेरै धेरै आभार प्रकट गर्दछु , मेरो मनको तिता मिठा गन्थनको पोको फुकाउनी मौका दिनु भएकोमा , यो अनलाइनले सबैको मन जितोस ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ