पुस २७, रौतहट । कतारमा रोजगारी गरेर एक महिनाअघि मात्र घर फर्किएका २३ वर्षीय साहको २१ पुसमा आफ्नै श्रीमतीद्वारा घाँटी रेटेर हत्या भएको रहश्य खुलेको छ । रौतहटको करुनिया २"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, रौतहट । कतारमा रोजगारी गरेर एक महिनाअघि मात्र घर फर्किएका २३ वर्षीय साहको २१ पुसमा आफ्नै श्रीमतीद्वारा घाँटी रेटेर हत्या भएको रहश्य खुलेको छ । रौतहटको करुनिया २"/>
2026-09-12 05:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

कतारमा रोजगारीबाट फर्किएका श्रीमानको आफ्नै श्रीमतीद्वारा हत्या

पुस २७, रौतहट । कतारमा रोजगारी गरेर एक महिनाअघि मात्र घर फर्किएका २३ वर्षीय साहको २१ पुसमा आफ्नै श्रीमतीद्वारा घाँटी रेटेर हत्या भएको रहश्य खुलेको छ । रौतहटको करुनिया २ का अभिनन्दन साहको हत्या उनकै श्रीमतीले गराएको खुलेपछी प्रहरीले सकुन्तला देवी र अर्का एक युवकलाई पक्राउ गरेको हो ।

अभिनन्दन साह रोजगारीको शिलशिलामा कतार रहेको बेला सकुन्तला र नातामा मृतकको भाइ पर्ने मनिषकुमार सुमन प्रेममा परिसकेका थिए । उनीहरुबीच दुई वर्षअघि मोबाइल फोनमार्फत सम्वन्ध गाँसिएको थियो । 

एक महिना अघि मात्र नेपाल फर्किएका अभिनन्दन र श्रीमतीबीच घर फर्किएलगत्तै बिबाद सुरु भयो । श्रीमान नेपाल आएपछि सकुन्तला र मनिष बिचको प्रेममा अवरोध पुग्यो । अभिनन्दनले श्रीमतीमाथि शंका गरेर मोबाइल खोसेपछी उनीहरुको प्रेम झनै अबरोधजनक बन्यो । सकुन्तलाले श्रीमानले आफुहरुको प्रेममा श्रीमानले शंका गरेको थाहा पाएपछि उनको हत्या गर्ने योजना बनाइन ।

घटनाको स्नुसंधानका क्रममा प्रहरीलाई सकुन्तलाका प्रेमी मनिषले भनेका छन् -‘हामी दुई वर्षदेखि प्रेममा थियौं तर, अभिनन्दन घर फर्किएपछि शंका लागेर सकुन्तलाको मोबाइल पनि खोस्यो र कुटपिट समेत गरेपछि सकुन्तला ले नै अब अभिनन्दनलाई मार्नु पर्छ भनेकी थिइन् |’

मनिष र सकुन्तलाले मिलेर योजना अनुसार २१ गते गाउँकै कामदेही खोला नजिकको सिसौको घारीमा लगेर मनिषले अभिनन्दनको हत्या गरे । नातामा काकाको छोरा पर्ने मनिषले नम्बर पत्ता लगाइदिने भन्दै सिसौ घारीमा लगेका थिए । त्यहि क्रममा अभिनन्दनको टाउकोमा पछाडिबाट रड प्रहार भयो । उनि बेहोश भएर ढलेपछी उनलाई हत्या गरियो । 

प्रहरीले हत्यामा प्रयोग भएको रड र चक्कुका साथै मोबाइल बरामद गरेको छ । पक्राउ परेका दुवैलाई कर्तव्य ज्यान मुद्दामा कारबाही चलाइएको छ । 

माथिको तश्विरमा: बायाँपट्टि रातो घेरामा (श्रीमती) | दायाँ  (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस