पुस २७, रौतहट । कतारमा रोजगारी गरेर एक महिनाअघि मात्र घर फर्किएका २३ वर्षीय साहको २१ पुसमा आफ्नै श्रीमतीद्वारा घाँटी रेटेर हत्या भएको रहश्य खुलेको छ । रौतहटको करुनिया २"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, रौतहट । कतारमा रोजगारी गरेर एक महिनाअघि मात्र घर फर्किएका २३ वर्षीय साहको २१ पुसमा आफ्नै श्रीमतीद्वारा घाँटी रेटेर हत्या भएको रहश्य खुलेको छ । रौतहटको करुनिया २"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

कतारमा रोजगारीबाट फर्किएका श्रीमानको आफ्नै श्रीमतीद्वारा हत्या

२७ पुष २०७३, बुधबार १४:३५

पुस २७, रौतहट । कतारमा रोजगारी गरेर एक महिनाअघि मात्र घर फर्किएका २३ वर्षीय साहको २१ पुसमा आफ्नै श्रीमतीद्वारा घाँटी रेटेर हत्या भएको रहश्य खुलेको छ । रौतहटको करुनिया २ का अभिनन्दन साहको हत्या उनकै श्रीमतीले गराएको खुलेपछी प्रहरीले सकुन्तला देवी र अर्का एक युवकलाई पक्राउ गरेको हो ।

अभिनन्दन साह रोजगारीको शिलशिलामा कतार रहेको बेला सकुन्तला र नातामा मृतकको भाइ पर्ने मनिषकुमार सुमन प्रेममा परिसकेका थिए । उनीहरुबीच दुई वर्षअघि मोबाइल फोनमार्फत सम्वन्ध गाँसिएको थियो । 

एक महिना अघि मात्र नेपाल फर्किएका अभिनन्दन र श्रीमतीबीच घर फर्किएलगत्तै बिबाद सुरु भयो । श्रीमान नेपाल आएपछि सकुन्तला र मनिष बिचको प्रेममा अवरोध पुग्यो । अभिनन्दनले श्रीमतीमाथि शंका गरेर मोबाइल खोसेपछी उनीहरुको प्रेम झनै अबरोधजनक बन्यो । सकुन्तलाले श्रीमानले आफुहरुको प्रेममा श्रीमानले शंका गरेको थाहा पाएपछि उनको हत्या गर्ने योजना बनाइन ।

घटनाको स्नुसंधानका क्रममा प्रहरीलाई सकुन्तलाका प्रेमी मनिषले भनेका छन् -'हामी दुई वर्षदेखि प्रेममा थियौं तर, अभिनन्दन घर फर्किएपछि शंका लागेर सकुन्तलाको मोबाइल पनि खोस्यो र कुटपिट समेत गरेपछि सकुन्तला ले नै अब अभिनन्दनलाई मार्नु पर्छ भनेकी थिइन् |'

मनिष र सकुन्तलाले मिलेर योजना अनुसार २१ गते गाउँकै कामदेही खोला नजिकको सिसौको घारीमा लगेर मनिषले अभिनन्दनको हत्या गरे । नातामा काकाको छोरा पर्ने मनिषले नम्बर पत्ता लगाइदिने भन्दै सिसौ घारीमा लगेका थिए । त्यहि क्रममा अभिनन्दनको टाउकोमा पछाडिबाट रड प्रहार भयो । उनि बेहोश भएर ढलेपछी उनलाई हत्या गरियो । 

प्रहरीले हत्यामा प्रयोग भएको रड र चक्कुका साथै मोबाइल बरामद गरेको छ । पक्राउ परेका दुवैलाई कर्तव्य ज्यान मुद्दामा कारबाही चलाइएको छ । 

माथिको तश्विरमा: बायाँपट्टि रातो घेरामा (श्रीमती) | दायाँ  (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह