माघ ४, काठमाडौँ | नेपाल सहित देश विदेशमा रहेका नेपालीहरुले सामाजिक संजालमा रुपन्देही घर भएकी नेपाली चेली तेरिया मगरलाई जिताउन निकै कसरत गरेका छन् तर जति कोसिस गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, काठमाडौँ | नेपाल सहित देश विदेशमा रहेका नेपालीहरुले सामाजिक संजालमा रुपन्देही घर भएकी नेपाली चेली तेरिया मगरलाई जिताउन निकै कसरत गरेका छन् तर जति कोसिस गर"/>
2026-07-02 03:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लाखौँ भोट दिँदा पनि किन बढ्दैन तेरियाको स्कोर ?

2017-01-17

माघ ४, काठमाडौँ | नेपाल सहित देश विदेशमा रहेका नेपालीहरुले सामाजिक संजालमा रुपन्देही घर भएकी नेपाली चेली तेरिया मगरलाई जिताउन निकै कसरत गरेका छन् तर जति कोसिस गर्दा पनि उनको स्कोर १०% बाट नबढेको देख्दा धेरै नेपाली अचम्मित बनेका छन् | कतिपयले यस बिषयमा नकारात्मक टिप्पणी समेत गरेका छन् | 

लाखौँ नेपालीको भोट पाउँदा पनि तेरियाको स्कोर नबढ्नु कि त भारतिय टिभीको छल हो कि त तीनै प्रतिष्पर्धीले समान रुपमा भोटको सामना गर्दैछन् भन्ने अड्कल सामाजिक संजालमा छाएका छन् | मंगलबारसम्म तेरियाको १०% स्कोर छ भने उनको प्रतिष्पर्धी द्वय सलमानको स्कोर १६% र शान्तनुको स्कोर ३४% रहेको छ | यही बिषयलाई अध्ययन गर्ने हो भने तीन दिन अघि पनि तेरियाको स्कोर १०% नै थियो | त्यस्तै  सलमानको स्कोर त्यतिबेला १७% थियो भने शान्तनुको स्कोर ३४% थियो | यस अवधिमा सलमानको स्कोर मात्र १% ले घटबढभएको छ | 

तीन दिन अघिदेखि स्कोरमा खासै हेरफेर नहुनु अचम्मको कुरा भएको एक नेपालीले फेसबुकमा लेखेका छन् त्यस्तै अर्का एक जनाले युटुव च्यानलमै 'तेरियाको नाममा भारतीय टिभीको छल' शिर्षकमा भिडियो पोष्ट गरेका छन् | 

भारतीय चर्चित कार्यक्रम 'झलक दिख लाजा' मा 'टप-३' को प्रतिष्पर्धामा रहेकी तेरिया मगर नेपाली हुन् | उनलाई जिताउन १४ जनवरीदेखि नेपालीहरुले भोट जारी राखेका छन् | जसको अवधि २१ जनवरी अर्थात आउँदो माघ ८ गतेसम्म रहेको छ | उनलाई तपाइँ पनि भोट गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्न सक्नुहुन्छ | 

तेरियालाई जिताउनका लागि धेरै संख्यामा एसएमएस तथा इमेल भोटको आवश्यकता पर्दछ । तेरियालाई भारतमा रहेकाहरुले उतैको सिमकार्डबाट बढिमा एक सय पटकसम्म एसएमएस भोटिंग गर्न सक्नेछन् । अनलाइन भोटिंगका लागि पनि एउटा अनलाइन पिसीबाट पनि एक सयपटकसम्म भोट गर्न सकिनेछ । 

गत शनिवारको एपिसोडमा निर्णायकहरुबाट ४० मा ४० नम्बर प्राप्त गरेर अत्याधिक नम्बर प्राप्त गर्ने प्रतिस्पर्धि जोडी मानिएका तेरिया मगर र उनको जोडी अर्थात डान्स पार्टनर आर्यन पात्रलाई निर्णायकहरु बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिस, कोरियोग्राफर फराह खान र गणेश हेगडे तथा बलिउडका चर्चित निर्देशक करण जौहरले उनीहरुको नृत्य क्षमताको मुक्तकण्ठले प्रशंसा पनि गरेका थिए ।

उनले यस अघि लाखौँ नेपालीको भोटको कारण भारतीय टेलिभिजनको ख्यातीप्राप्त डान्स कार्यक्रम 'डीआईडी लिटिल मास्टरको' उपाधि कब्जा गरेकी थिइन् | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध