गोपीकृष्ण चापागाई/माघ, काठमाडौं । आफुमा कला भएर पनि गीतसंगीत क्षेत्रमा आउन नसक्ने धेरै नव प्रतिभाहरु हुनसक्दछन् । कतिपयलाई आर्थिक समस्याले ओझेलमा पारेको हुन्छ त "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोपीकृष्ण चापागाई/माघ, काठमाडौं । आफुमा कला भएर पनि गीतसंगीत क्षेत्रमा आउन नसक्ने धेरै नव प्रतिभाहरु हुनसक्दछन् । कतिपयलाई आर्थिक समस्याले ओझेलमा पारेको हुन्छ त "/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुख दुखको साथी रहेछ गीतसंगीत: नवगायक भरत परियार

९ माघ २०७३, आईतवार ०७:४९

गोपीकृष्ण चापागाई/माघ, काठमाडौं । आफुमा कला भएर पनि गीतसंगीत क्षेत्रमा आउन नसक्ने धेरै नव प्रतिभाहरु हुनसक्दछन् । कतिपयलाई आर्थिक समस्याले ओझेलमा पारेको हुन्छ त कतिपयलाई भौगोलिक समस्याले पनि बाँधिरहेको हुन्छ ।

यस्तै आँफुमा कला र रुची हुँदाहुँदै पनि गीतसंगीतको क्षेत्रमा सक्रिय भएर अगाडि बढ्न सकेका छैनन् नव गायक भरत परियार । नेपाली लोकगीतको क्षेत्रमा रुची र कला भएका भरतले आर्थिक समस्याका कारण आँफुले सोँचे जस्तो सक्रिय हुन नसकेको बताउँछन् । अहिले सम्म नेपाली लोकदोहोरीको क्षेत्रमा एकवटा गीत गाएका उनले गीतसंगीतको क्षेत्र निकै ठुलो भएको र यस क्षेत्रमा फराकिलो भएर अगाडि बढ्न अनेक कुराहरुले अल्झाएको बताउँछन् ।

गएको बर्षमात्र ‘हर खुसी दिन्छु तिमीलाइर्’ बोलको लोक तथा दोहोरी गीतबजारमा ल्याएका भरतले अब अर्को गीत बजारमा ल्याउने तयारीमा छन् । उनले पहिलो गीतमा गायिका पुर्णकला बिसीसँग स्वर दिएका छन् । एकगीत बजारमा ल्याउनका लागी निकै नै संघर्ष गरेको बताउने उनी अर्को गीत आउँने नयाँबर्षमा निकाल्ने तयारीमा जुटेको बताउँछन् ।

गीतसंगीतको क्षेत्र सानै देखीको रुचीको क्षेत्र भएकोले यस क्षेत्रलाई जीवनभर अंगाल्नका लागी धेरै संघर्ष गरेर यहाँसम्म आएको र भोलीको दिनमा अझ धेरै संघर्ष गर्न बाँकी रहेको भन्दै उनी अहिले पनि गीतसंगीत लेखन तथा गायनमा सक्रिए छन् ।

पुराना कलाकारहरुले प्रोत्साहन गर्नुपर्छ

नव गायक भरत परियारले पुराना कलाकारहरुकै प्रेरणाले नयाँ कलाकारहरु जन्मिने बताउँछन् । ‘हामी नयाँ कलाकारहरु अग्रज पुराना कलाकारहरुको प्रेरणाले यो क्षेत्रमा अघि बढ्ने हो, त्यसैले पुराना कलाकारहरुले पनि नयाँ कलाकारहरुलाई प्रोत्साहन गरीदिनुभयो भने धेरै राम्रो हुनेथियो ।

कला भएका मानिस धेरै हुन्छन् तर बिबिध कारणले गुम्सिएर बसेका छन् त्यस्ता प्रतिभाहरुलाई बाहिर निकाल्नका लागी पुराना कलाकारहरुले प्रोत्साहन स्वरुप केहि कदम चालिदिनुभए धेरै राम्रो हुने थियो ।’

सुख दुखको साथी रहेछ गीतसंगीत

लामो संघर्ष गरेर गीतसंगीतको क्षेत्रमा आएका भरतले एकगीत बजारमा ल्याएर अझ फराकिलो तहबाट गीतसंगीतलाई बुझ्दै गरेको बताएका उनले गीतसंगीत सुख दुखको साथी रहेको बताउँछन् । कुनै पनि दुखको क्षणमा पनि गीतसंगीतको आवश्यक पर्ने र सुख साट्न पनि यहि गीतसंगीत चाहिने बताउँछन् उनी ।

साथै उनले गीतसंगीत कस्तो बेलामा बढी गुनगुनाउँनुहुन्छ भन्ने हाम्रो प्रश्नमा आँफु एक्लो भएको बेलामा बढी गीतहरु गुनगुनाउँने बताए ।

लगानी उठाउन निकै गाह्रो

आफ्नो पहिलो गीतमै ठुलो लगानी गरेका भरतले गीतसंगीत क्षेत्रमा लगानी गरेर लागेको लगानीमात्र उठाउन पनि निकै गाह्रो पर्ने बताउँछन् । ‘अहिले आधुनिक युग भएकाले पहिलाको जस्तो सिडि, डिभिडि नबिक्ने भएकोले पनि आम्दानी गर्न गाह्रो छ तर साच्चै नै राम्रा गीत र दर्शकले मन पराउने गीत ल्याउन सकियो भने आम्दानी हुँदैनहुने भने चाँही होइन ।’ उनले भने ।

नव प्रतिभाहरुलाई मिडियाबाट पनि साथ तथा सहयोग भयो भने अझ उनीहरुलाई प्रोत्साहन हुनेथियो ।, भरतले थपे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने