2026-09-12 06:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गोलबजारमा पनि कुष्ठरोग दिवस मनाईयो

राम नारायण पंडित/माघ १७, सिरहा । सिरहा सहितका स्थानहरुमा ६४ औं विश्व कुष्ठरोग दिवस आइतबार मनाइएको छ । 

समयमा कुष्ठरोगको उपचार गरौं, अपाङ्ता हुनबाट बचौं भन्ने नाराका साथ सिरहाको गोलबजार सहित देशभर विभिन्न कार्यक्रम गरेर दिवस मनाइएको छ । अंग्रेजी वर्ष अनुसार जनवरीको अन्तिम आइतबार कुष्ठरोग दिवस मनाउने प्रचलन रहँदै आएको छ । 

दिबसको अबसर पारेर सिरहाको गोलबजारमा प्रभात फेरी निकालिएको थियो । प्रभातफेरी नगरको बिभिन्न भागको परिक्रमा गर्दै स्बास्थ्य चौकी गालेबजारको प्रांगणमा पुगी समापन भएको स्बास्थ्य चौकीका इन्चार्ज निरंजन शाक्यले बताए । 

हालसम्म सिरहामा २९ जना कुष्ठरोगी रहेको उनले बताए । यता, विश्वमा प्रत्येक वर्ष दुई लाख र नेपालमा प्रत्येक वर्ष तीन हजार मानिसमा कुष्ठ रोग देखिने गरेको छ । नेपालमा २०६५ सालमा कुष्ठरोगको निवारण भएको घोषणा गरिए पनि यसले सार्थकता भने पाउन सकेको छैन । नेपालको तराई क्षेत्रमा यो रोग धेरै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस