प्रेम सुनार/माघ १९, गुल्मी । गत ३ महिना देखि  शिक्षक वेपत्ता भए पछि गुल्मी छापाहिलेको एक विद्यालय एउटी शिक्षिकाको भरमा चलाउनु परेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/माघ १९, गुल्मी । गत ३ महिना देखि  शिक्षक वेपत्ता भए पछि गुल्मी छापाहिलेको एक विद्यालय एउटी शिक्षिकाको भरमा चलाउनु परेको छ । 

2026-09-02 12:14 AM
गुल्मी - GLM

शिक्षक वेपत्ता, एउटी शिक्षिकाको भरमा विद्यालय


प्रेम सुनार/माघ १९, गुल्मी । गत ३ महिना देखि  शिक्षक वेपत्ता भए पछि गुल्मी छापाहिलेको एक विद्यालय एउटी शिक्षिकाको भरमा चलाउनु परेको छ । 

मालिका प्राथामिक विद्यालय छापाहिले–३ रंगका स्थाई दरवन्दी प्रावि तह  शिक्षक मेघनाथ अर्यालय मंसिर ३ गते देखि विद्यालयको सम्पर्कमा नआए पछि त्यस विद्यालकी  शिक्षक एवं प्रधानध्यापक माया अर्यालले करिव ६० जना विद्यार्थीहरुलाई एक्लैले पढाउनु परेको हो ।

गत वर्ष अर्जै उच्च माध्यामिक विद्यालय अर्जैमा सट्टा काजमा मालिका प्राविबाट गएका शिक्षक अर्याललाई  आफ्नै दरवन्दी भएको मालिका प्राविमा  काज फिर्ताको पत्र मंसिर २ गते जिल्ला शिक्षा कार्यालयले पठाए पनि उनले अटेरी गरेर बसेको छन् ।

उनलाई सो कार्यालयले मंसिर  ६ गते लेखेको पत्रमा  भनिएको छ –‘  २०७२ । ० ९ । २३ गतेको निर्णय अनुसार तपाई शिक्षक श्री मेघनाथ अर्याललाई  अर्जै मावि अर्र्जैमा काज खटाईएको थियो  । २०७३  । ०८ ।  २ गते असाधरण विदामा बस्नु भएका  अर्जै उच्च मावि अर्जैका शिक्षक चन्द्रकला अर्याल विद्यायमा हाँजिर भई सकेकोले सोही मितिबाट मालिका प्रावि रंगमा तपाई शिक्षक श्री मेघनाथ अर्याललाई नियम अनुसार काज फिर्तामा जान  हुन अनुरोध छ ।’  

जिल्ला शिक्षा कार्यालको उक्त पत्रको वेवास्ता गरेर बसेका शिक्षक अर्याललाई विद्यालयले पनि पटक पटक पत्रचार गरेको  तर फोन समेत न उठाई सम्पर्क विहिन भएर विद्यालयलाई समस्या परेको त्यस विद्यालयकी  प्रधानध्यापक माया अर्यालले गुनासो गरिन् ।

‘यहाँ दरवन्दी भएका शिक्षक अर्याल मंसिर देखि सम्पर्कमा हुनुहुन्न म एक्लैले करिव ६० जना विद्याथी पढाउनु परेको छ प्रधानध्यापक अर्यालले भनिन् पटक पटक जिल्ला शिक्षा कार्यालयमा पुगेर गुनासो राख्दा पनि सुनुवाई हुन सकेको छैन् ।

शिक्षा नियमावली अनुसार  सट्टा शिक्षक हाँजिर भई सके पछि स्वतः आफ्नो दरवन्दी भएकै विद्यालयमा जानु पर्दछ । पटक पटक सम्पर्क गर्दा पनि उनले अटेरी गरे पछि मालिका प्राविले पहिलो पटक ७ दिनमा हाँजिर हुन आउने गरी रजिष्टरी पत्र  उनको घर–ठेगना अर्जै ४ मा पठाएको थियो ।  त्यस पछि दोश्रो पटक ३ दिन थप गरी अर्को पत्र पठायो । त्यसले पनि अटेरी गरे पछि  थप ३ दिन भित्र हाँजिर हुन आउने गरी पत्र पठाईएको थियो् । ति सवै पत्रको जिल्ला शिक्षा कार्यालयमा वोधार्थ पनि पठाईएको थियो ।

ति सवै प्रकृया पुरा गर्दा पनि शिक्षक अर्याल हाँजिर हुन नआए पछि विद्यालय  व्यवस्थापन समितिको बैठक वसी सो को जानकारी  जिल्ला शिक्षा कार्यालमा  पठाउने निर्णय गरिएको थियो । सो विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष टिकाराम अर्यालले यसरी पटक पटक पत्रचार गर्दा र जिल्ला शिक्षा कार्यालमा पुगेर मौखिक गुनासो गर्दा पनि सो कार्यालयले शिक्षक अर्याललाई फिर्ता पठाउन नसकेको बताए ।

‘एक मात्र शिक्षकको भरमा विद्यालय चलाउनु परेको जिल्ला शिक्षा कार्यालयलाई पनि थाहै छ तर पनि खै किन हो शिक्षक अर्याललाई फिर्ता पठाउन सकेको छैन यस प्रति यहाँका अभिभाकहरु रुष्ट भएका छन् ’–अध्यक्ष अर्यालले भने । यस सम्वन्धमा जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाल ‘संग  सम्पर्क राख्दा उनले ति शिक्षकले अटेरी गरेर बसेकोले कार्वाही प्रकृया अगाडी बढाईएको बताए ।

उनले भने– ‘ति शिक्षक विरुद्ध कार्वाही प्रकृया अगाडी बढाईएको छ , म अहिले एक कार्यक्रममा भएकोले सवै कुरा अहिले नगरौं म कार्यालयमा आउँछु र भेटेर गरौंला । ’उनको यस्तो प्रतिकृयाले जिल्ला शिक्षा अधिकारीलाई कुनै संगठनले शिक्षक अर्याललाई घर पायक पर्ने अर्जै उच्च माविमै राख्न दवाव दिएको छ कि भन्ने संकेत गरेको छ ।

 श्रोतका अनुसार कुनै एक राजनैतिक दलको आडमा शिक्षक अर्याल अर्जै उच्च माध्यामिक विद्यालयमै बस्न चाहेका छन् । यस सम्वन्धमा उनि संग सम्पर्क राख्दा सम्पर्क हुन सकेन्  ।

तस्बिरमा: सम्पर्क विहिन भनिएका शिक्षक अर्याल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली