Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिरहाबाट ३८ लाख नेपाली रुपैँयासहित एक भारतीय पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

राम नारायण पंडित/माघ २९, सिरहा । सिरहा प्रहरीले ३८ लाख रुपैया सहित एक भारतीयलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल वेस क्याम्प गोलबजारले ३८ लाख नेपाली नोट सहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । नेपालसँग सीमा जोडिएको भारत विहार मधुमनी जिल्ला लदनियाँका २५ वर्षिय पुजनराम मोचीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

धनगढीमाई १० जिरोमाइलबाट ३८ लाख नेपाली नोट सहित मोचीलाई पक्राउ गरिएको प्रहरीले बताए । गस्तीमा रहेको प्रहरीले शंकाको आधारमा चेकजाँच गर्दा कपडाको थैलोमा पोकोपारी शरिरमा वेरेर राखेको अवस्थामा हजार र पाँच सय दरका नोट बरामद गरेको सशस्त्र प्रहरी बल वेस क्याम्प गोलजारका प्रहरी निरिक्षक दुर्गा भट्टले बताए ।

पक्राउ परेका मोचीमाथि अनुसन्धान भईरहेको निरिक्षक भट्टले बताए ।