प्रेम सुनार/फागुन १, गुल्मी । सिङ्गो गाउँमा ढुङ्गाका छानाले बनेका अग्ला घरहरु छन् । त्यसै गाउँमा जम्मा दुई वटा घर छन् खरले छाएका । ति खरले छाएका घरमध्ये एउट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/फागुन १, गुल्मी । सिङ्गो गाउँमा ढुङ्गाका छानाले बनेका अग्ला घरहरु छन् । त्यसै गाउँमा जम्मा दुई वटा घर छन् खरले छाएका । ति खरले छाएका घरमध्ये एउट"/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

यी हुन् चन्दा मागेर आमाको काज–किरिया गर्ने गुल्मेली छोरी

२०७३, १ फाल्गुन आईतवार १६:०५


प्रेम सुनार/फागुन १, गुल्मी । सिङ्गो गाउँमा ढुङ्गाका छानाले बनेका अग्ला घरहरु छन् । त्यसै गाउँमा जम्मा दुई वटा घर छन् खरले छाएका । ति खरले छाएका घरमध्ये एउटा घरकोे कथा निकै कहाली लाग्दो छ ।

यो घरका वावुको १० वर्ष अघि भारतको दिल्लीमा सडक दुर्घटनामा ज्यान गयो । श्रीमानको मृत्यु पछि निमेक मजदुरी गरेर तीन छोरी हुर्काउँदै आएकी आमाको पनि दुवै मृगौला फेल भई उपचार गर्ने खर्च नभएर केहि दिन अघि मृत्यु हुन पुग्यो ।

आमाको मृत्यु हुँदा १३ र १७ वर्षका छोरीहरुको साथमा सुको पैसा थिएन । धन्न अर्की विवाहित छोरीको साथमा दुईसय रुपैयाँ रहेछ । जुन रकमले रकपडा किन्न समेत पुग्दैनथ्यो । अन्ततः गाउँवासीले चन्दा उठाएर उनको अन्तिम दाहसंस्कार भयो ।

यस्तो विपदका विच र समाजको चुनौतिका वावजुद पनि साहघाटमा गएर आमालाई दागवत्ती दिने र काज किरिया बस्ने छोरीहरु हुन् गुल्मीको भनभने गाविसवडा नम्वर ९ टिमुरखर्क रोल्मा गाउँका १७ वर्षिया मिना घर्र्ती र १३ वर्षिया उनकी वहिनी जमुना घर्र्ती ।

२०६३ साल माघ १ गते उनका वावु पोमबहादुर घर्र्तीको दिल्लीमा गाडीले हानेर ज्यान गएको थियो । सामन्य किरिया खर्च दिईयो तर अपराधी पक्राउ गर्ने र उचित क्षतिपुर्ति दिने कुरमा सडकमा कुकुरको जस्तै मराई ठान्यो भारत सरकारले । स–साना तिन छोरीहरु मात्रै भएकी उनकी आमा वालकुमारी घर्र्ती श्रीमानको मृत्युका वारेमा खोज तलास गर्न सकिनन् ।

सहेर वसीन र ति तिन सन्तान पालन पोषण र पठन पाठनका लागि उनले ढुङ्गा वोक्ने लगायतको निमेक मजदुरी गर्दै आएकी थिईन् ।

अस्पताल जानु , देखाउनुको साटो धामी झाँक्री गराउँदै आएकी वालकुमारीलाई दुवै मृगौला फेल भएको तव थाह भयो जव उनि अन्तिम अवस्थामा पुगेर विवाहित छोरी ज्वाँईको साहरामा एक महिना अघि मात्र वुटवलको एक अस्पतालमा जँचाउन पुगिन् ।

जति वेल उनका दुवै मृगौलाले १० प्रतिशत मात्रै काम गर्न सक्ने भएका थिए । उपचार सम्भव नभएपछि घर ल्याईएकी वालकुमारी माग १६ गते ४५ वर्षको उमेरमा मृत्यु भयो ।

पत्रकारले चन्दा उठाउनु प¥यो

छिमेकीले चन्दा उठाएर छोरीहरुले आमाको काजकिरिया गर्दै छन भन्ने कुरा त्यस गाउँका सवै राजनैतिक दल , समाजसेवी शिक्षक वुद्धिजिवी सवैलाई थाह छ । तर पनि कुनै नेता, समाजसेवी र शिक्षकहरु फर्केर आएनन् । उनिहरुको अत्यन्तै विचल्ली देखेपछि टिमुरखर्क निम्न माध्यामिक विद्यालयका प्रधानध्यापक विरेन्द्र केसीको भने मन खायो ।

उनले यस समाचारदातालाई गुहारे । त्यहाँ पुग्दा टिलपिल आँखामा आँशु पार्दै आमाको काज किरियाको कुनोमा वसेका ति दुई वहिनीहरु गुहारको मुद्रामा एक्कासी भक्कानो छाडे । डाँडा–भाटा देखिने गरी चुहीन थालेको सानो घरको छानो । तीन महिना पनि खान नपुग्ने जमिन, दिनभरी मजदुरी गरे साँझ चुलो वल्ने नत्र भोकै सुत्नु पर्ने अवस्थाका ति दुई वहिनीको रोदन र चित्कार सुन्दा मन थाम्न सकिएन उनिहरुसंगै बगे आँशु ।

दादा.. आमाले ढुङ्गा बोकेर बढो मुस्कीलले एसएलसी पास गराउनु भएको थियो यसै वर्ष । आमाको उपचार खर्च नै पुराउन नसकेपछि कसरी क्याम्पस भर्ना हौं ? मैले मलाई क्याम्पस बढाउने आमाको धोको पुरा गर्न सकिन भन्दै डाको छाडिन माईली छोरी मिना । कान्छी जमुनाको गहभरिएको थियो ।

केहि वोल्न खोज्दा पनि उनि वोल्न सकिनन् उनको गला अवरुद्ध भयो । त्यो देखेर रिर्पोटिङ्ग कै क्रममा यस समाचारदाताले गाउँवासी विचमा चन्दा अभियान सुरु ग¥यो । दुई दिनसम्मको प्रयासले २० हजार रुपैयाँ संकलन गरेर उनिहरुलाई हस्तान्तरण गरेर फर्किको छ ।

जेनतेन उनिहरुलाई कुनोबाट त उम्काईयो । तर उनको क्याम्पस बढ्ने सपना र कक्षा ९ मा पढ्ने उनकी वहिनीको कम्तीमा पनि एसएलसी पास गर्ने सपना जसरी पनि पुरा गराएर छाड्ने छु भनि दिएको आस्वासन पुरा गराउन समाचारदाताले सवैसंग सहयोगको अपिल गर्दछ ।

प्रधानध्यापक विरेन्द्र केसीको संयोजनमा सहयोग संकलन अभियान सुरु गरिएको छ । कृपया देश विदेशमा रहनु हुने पुर्कोट, धुर्कोट , ईस्माकोट, मुसिकोट लगायत सम्पुर्ण गुल्मेली तथा अन्य जिल्लाका महानुभावहरु उच्च शिक्षा हाँसिल गर्ने मिना र जमुनाको सपना पुरा गराई दिने तर्फ सोची दिनु होला । विवाहित छोरी रिता पनि सवैसंग त्यही अपिल गर्दछिन् ।

‘मैले के गर्न सक्छु र घरमा लगेर पालौ वहिनीहरुलाई भने कुनै दिन नमिठो वचन सुन्नु पर्ला’– रिताले गहभरी आँशु पार्दै भनिन –‘मैले तपाईको सञ्चार माध्यम मार्फत सवै संग यहि आग्रह गर्दछु कि यि मेरा वहिनीहरुको क्याम्पस पढ्ने सपना पुरा गराई दिनु होला् । ’

सहयोगदाताले ति विचल्लीमा परेका वहिनीहरुलाई सिधै सम्पर्क राखेर सहयोग गर्न सक्नु हुने छ । उनिहरुको मोवाईल नम्वर ९८११४७४३३८ रहेको छ । प्रधानध्यापक विरेन्द्र केसीको नम्वर ९८४४७०१५१३ मा सम्पर्क राखेर पनि सहयोग गर्न सकिने छ ।

चुनावमा पैसाको प्रलोभन

ति विचल्लीमा परेका दुई वहिनीहरुको अवस्था बुझ्न कुनै राजनैतिक दलका नेता यहाँ आए ? भनेर ८ र ९ का वासिन्दाहरुलाई सोधखोज गर्दा सवैले एकै स्वरमा भने–‘ किन आउन यस्तो वेलामा चुनावको वेलामा पो राती तिनचार वजे तिरै आउँथे र दाल चामल र पैसाको समेत प्रलोभन देखाउँथे । ’उनीहरुको आँगनमा वसेर रिर्पोटङ्ग गर्दा गाउँका सयौं दलित,जनजाती र अन्य समुदायका मानिसहरुको भिड लागेको थियो । त्यसमध्ये अधिकांश महिलाहरुले राजनैतिक दलविरुद्ध वितृष्णा व्यक्त गरे । उनिहरुले भने यस्तो विपद पर्दा फर्केर नहेर्नेहरुले किन सपना बाँड्नु ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ